व्यवहारिक कृषियोजना र समृद्ध पोखरा

समाधान संवाददाता २०७७ वैशाख ३ गते १५:१५

भानु पराजुली

पोखरा–२३ तामागी र कुईरेडाँडा गाँउअहिलेलगभग रित्तो छ । तत्कालिनभदौरे तामागीगाविसको भवन नै भएको यो गाँउ एक दशकदेखि शुन्यछ । तामागी गुरुगंहरुको वस्ती हो भने कुईरेडाँडा सुनार वस्ती । कुनै वेलाकविकवयित्री, कलाकारहरु र गोरो छाला भएकाहरुको ओईरो नै लाग्ने पर्यटकीय हिसावले पनिअदभूतआकर्षक तामागी साँच्चै खण्डहर छ भने भएको खेतीयोग्यजमिनजंगलवन्यो । फेवातालको मुहान मै रहेको तक्रीवन २० किलोमिटरको दुरीमा रहेको यो गाँउकिन रित्तो भयो त ?त्यहीँको कुईरेडाँडा सुनार वस्ती अहिले खर्लप्पै घाँटीछिनादेखि लौरुकसम्मझरेको छ । यो पङत्तीकारले केहीवर्ष पहिले यहीदलित वस्तीका एक जनालाई सोधेको थिए, किनगाँउ नै रित्तो वनाएर झर्नुभयो ?उनले भनेका थिए,– के गर्नु गाँउमाहामीहरुको जमिनथोरै छ, कतिपयको त खेतै छैन् अनि छोराहरु सवै खाडी छन् अव वेसाहा ठेल्नेलाई किनयहाँ वस्नु ?उनले थपे, यो गाँउका सवै युवा खाडीमा छन् यहाँआफ्नो जमिन छैन् कति गुरुगंको अधियाँखाने ?वसाई सरेका गुरुगं दाजुभाईहरुले जमिन वेच्दैनन् फेरि सोधे ।के को जमिनवेच्नु ? वरु जंगलभएर सकिन्छ, वेच्दैनन् उनले दुखेसो पोखे, न तउनीहरु नै खेतीपाती गर्छन ? सायद कृषिमाआधारित जनसंख्यामाथिको विभेद र दरिद्रताका कारण आज यो मात्रै होईन नेपालका हरेक ग्रामिण वस्ती रित्तिएकाछन् । यो सुनारवस्ती रहरले रित्तिएको होईन वाध्यताले हो । प्रशस्तजमिनहुनेले कृषिकर्मगर्दैन, कृषिकर्म गर्नेको आफ्नै जमिनछैन् । अर्कोतर्फ ठूला शहरका विलासी वस्तु, मोटरकार तथाचम्किलापसलमा राखिएकाआधुनिकउपभोग्य वस्तुवाट तिनीहरु वढि आकर्षित हुन्छन् तर तिनीहरुसंग किन्ने पैसा हुँदैन,शहरिया क्रयशक्ती वढाएको विकासे पैसाले हो र त्यसैको चमकमातानिएर गाँउले किसानहरु आफ्ना थातथलो छाडी वेँसी र शहर झर्न थालेका छन् ।

अचेल योजनाकारहरु २÷४ वटा पुस्तक पढ्छन् अनि टेवुल र ल्यापटपमै वन्द कोठामा वसेर योजना वनाउँछन् । योजनावनाउँदा त्यस क्षेत्रको व्यवहारिक अध्ययन गरेर, आफै पुगेर, भोगेर वनाउनुपर्ने हो तर त्यस्तो चलनहामीकहाँकम छ । अहिलेको जस्तो शहर र घना आवादी केन्द्रीतवजेटले हामीले खोजेको समृद्धि संभव छैन् । ग्रामिण क्षेत्रलाई वेवास्ता गरियो भने गरिवी हट्दैन । एउटा चर्चित चिनियाउखान सम्झे, “एक वर्षका लागिहो भने,–धान रोप, एक दशककालागिहो भने,–रुख लगाउ, तर एक शताव्दीकालागिहो भने,–नागरिकलाई शिक्षित गर ।” नेपालमाहिजोआजविकास र समृद्धिको सपना जोकको थालीमा राखेर वेचे पनिविक्नेमाहोल छ । विकासको सपना र नारा पञ्चायतको ३० वर्ष र वहुदलीयप्रजातन्त्रको ३० वर्षमा पनि निरन्तर विकेकै हो । पञ्चायकालमाआकर्षक एजेण्डा वनेको विकास अहिले समृद्धि शव्दको नयाँअवतारमा फेरि उस्तै आकर्षक छ । आखिर यो विकास पहँेली के हो ?तपाई गाँउको दुरदराजमा रहेको गरिवलाई विकास चाहिन्छ भनेरसोध्नुस्?उसले चाहिन्छ–चाहिन्छ भन्छ ? तर तिम्रानिम्तीविकास भनेको के हो ? के भयो भने विकास भएको ठान्छौ ?भनेर पनि सोध्यो भने उसले आफ्नो अन्तर्यको कुरा भन्छ । हाम्रा नेताको विकास भनेको मोटरवाटो, पुल, नहर मात्रै हो । त्यसको उपादयता के हो ? त्यसवाट कसले फाईदा लिन्छ ?वनाउँदाकसले फाईदा पाउँछ ? तर यस्ता प्रश्नत्यो गरिवलाई कहिल्यै गरिदैन ?कुनैपनिउत्पादनसंग नजोडी गरिएका यस्ता पूर्वाधार निर्माणले रोजगारी वढाउने भन्दापनि वेराजगारी नै वढाएको छ । त्यसैले हाम्रो देशका योजनाकार तथाआमसमुदाय वृद्दिलाई विकास भनेर रुमलिरहेको पाएको छु ।

Advertisement

यो कोरना कहरले फेरि एकपल्ट मेरो शहरलाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने तर्फ घोत्ल्यायो । विश्वकानमुनामानिएका केहीशहर समृद्धि र आत्मनिर्भर वनेको उदाहरणवाट हामीले पनि केहीसिक्नसिक्छौ भन्ने लाग्यो । स्वीसको मेटरर्हनवाट तल जेर्मात देखिए जस्तै छ, पोखरा । मलाई पोखरा स्वीटजरल्याण्डको लेन्जरहाईडेसंग तुलना गर्न मन लाग्छ । यो वस्ती पनिशहर–ग्रामिण दुवै मिलेर वनेको छ । तर कृषिमागज्जवको आत्मनिर्भर छ । पोखराका ३३ वटा वडामध्ये २० वटा ग्रामिण र कृषियोग्यजमिन धेरै भएको वडा हो भने १३ वटा वजारकेन्द्रीत छन् । पोखरामा खेतीयोग्यजमिन १३ हजार ६ सय ४० हेक्टर छ, तर दुखको कुरा र डरलाग्दो कुरा के भनेप्रत्येकवर्ष ४ देखि ५ सय रोपनीजमिनवाँझोकरण वढेको छ । अवहामीले यो तथ्यलाई रोक्न सकिएनभने पोखरामाथप खेतीयोग्यजमिनमासिदै जाने निश्चित छ, । अन्ततःदीर्घकालिन रुपमाहामीखाद्यन्नमाथप परर्निर्भर हुने देखिन्छ । पोखरा महानगरमा ११ हजार २ सय हेक्टरमा धान खेती हुन्छ, जसको उत्पादनकरिव ३९ हजार २ सय टन मात्रछ, त्यसमापनिखानयोग्यभनेको २० हजार टन मात्रै हो । पोखरामा स्थायी जनसंख्याकरिव ५ लाखहो भने अस्थायी गरि १५ लाख जनसंख्या रहेको अनुमान छ । अहिलेको यो जनसंख्यालाई आँकलनगर्दा प्रतिवर्ष १ लाख टन भन्दा वढि धानउत्पादन हुनपर्छ । अवहाम्रो यो जमिनमात्यतिधानउत्पादन गर्न त सकिदैन त्यसैले “भात संस्कार”अर्थातखानामाविविधीकरण अवको पहिलो आवश्यकताहो । अर्को तथ्यांकपनि हेरौं,–पोखरामा कोदो ५ हजार हेक्टरमा लगाईन्छ भने उत्पादन ६ हजार टन हुन्छ, मकै ९ हजार हेक्टर जमिनमालगाईन्छ र २५ हजार टन उत्पादन हुन्छ, गहुँ २५ सय हेक्टरमा लगाईन्छ भने उत्पादन ५ हजार टन मात्रै छ । तेलहन २ सय ७० हेक्टर जमिनमालगाईएको देखिन्छ भने उवा जौंको उत्पादनलगभग नगण्य मात्रै छ । पोखरामा सवै सिजनमा गरी २ हजार हेक्टरमा तरकारी लगाईन्छ, उत्पादनभने ३१ हजार टन छ, जुनपोखराको मागको ३० प्रतिशतमात्रै हो, करिव ७० प्रतिशतवाहिरवाट अयात गर्नुपर्ने वाध्यता छ । यस्तै आलु करिव १२ सय ५० हेक्टरमा लगाईन्छ भने त्यसको उत्पादन २१ हजार टन मात्रै छ, जुनपोखराको स्थायी जनसंख्याको मागको ४५ प्रतिशतहो भने अस्थायी सहित हेर्दा २० प्रतिशतमात्रै धान्न सक्ने अनुमान छ । सरसर्ती हेर्दा पोखरा उत्पादनको हिसावले च्याउ, अण्डा र मासु वाहेक अधिकांशमाहामी परनिर्भर छौ ।अवहामीकति परनिर्भर मात्रै हुने त ?

मेरो विचारमा खानपुग्यो भने मान्छेले सोच्छ, वहसमाभाग लिन्छ, खानपाएनभने उसले सोच्नपनि सक्तैन्, भागलिने त कुरै भएन । त्यसैले गरिवलाई आर्थिक रुपमावुझ्नपर्छ भन्ने लाग्छ । अहिले पनि सीमान्तभूमि नै प्रयोगमाआईरहेको छ । थोरै मानिसको कव्जामा धेरै जमिन छ । त्यस्तो ठाँउवाट सम्पन्नताखोज्नु अर्को मुर्खताहो ।यदीअहिले गरिएको कृषिमापनि कृषिवजारको सुनिश्चितानहुनु, उत्पादन सामाग्रीतथाऔजार र मेशीनअत्यधिकमहँगों हुनु तथा कृषक क्षतिपूर्तिेको व्यवस्थानहुनु मुख्य समस्यावनेको छ । त्यसैले हामीले सवैभन्दापहिले प्रगतिशिल भूमिसुधार गर्न आवश्यक छ । पोखरा महानगर पनि एउटा स्वायत्त स्थानीय सरकार हो, उसले आफ्नो अधिकार क्षेत्रभित्र टेकेर जमिनको विभेदीकरण रोक्न पहल थाल्नुपर्छ तवमात्रै जमिनमा सवैको पहुँचपुग्न सक्छ । पोखरालाई समृद्ध वनाउने पहिलो आधार पर्यटन भने पनि मेरो विचारमा अहिले पनि कृषिमाआत्मनिर्भर गराउने नै हो । यहाँको जमिनलाई राम्रो संग उत्पादनमालगाउन सकियो भने पर्यटन पनि राम्रो हुने देखिन्छ । लेन्जरहाईडेमा कृषि र पर्यटनको गज्जवको सम्वन्ध छ, पोखरामाउत्पादनभएको सवै तरकारी तथाफलफुलपोखराकै होटलमा अनिवार्य खपत गर्ने प्राथमिकता गरियो भने किसानको उत्पादनथप वढ्ने देखिन्छ ।

Advertisement

हामीलाई २०२८ सालको अनिकालले पिल्सायो तर उत्पादन वढाउनुपर्छ भन्ने सिकाउन सकेन् । कुष्ठरोग, औलो, दादुरा, विफर, हैजा र फ्लु जस्ताले नसकेर अहिले कोरोना हामी नेपालीमाझआएको छ, अझैपनिहामी यसवाट सबक सिकेर उत्पादन वढाउनतर्फ लाग्छौ भन्ने लागेको त छैन् । कोरना सकियोस् न फेरी हामी उस्तै विगतझै हिड्ने छौ । उत्पादनकाचर्कै गफ चुटनेछौ, सरकारले यो गरेन त्यो गरेन भन्ने छौ । यद्यपी मेरो महानगरले कृषिका केहीव्यवहारिक योजना र कार्यक्रमलाई प्राथमिकतामा राखीकाम गर्न सक्यो भने केहीहदसम्मभएपनिहामीआत्मनिर्भर वन्न सक्छौ भन्ने लागेको छ । अहिले कोरनाको चरम पिडामा छौ र आगामीवर्षको लागिनयाँ योजनावनाउने चटारो फेरि सुरु हुनेछ । त्यसैले मलाई लागेको पोखरा महानगरले यो वर्षलाईअन्यभिनामसिना योजनालाई न्यूनिकरण गरी“उत्पादनवर्ष”घोषणा गरी कृषिउत्पादनलाई जोड दिने र वजारीकरण गर्ने कार्यक्रमलाई उच्चप्राथमिकतादिनु राम्रो हुन्छ । मेरो एउटा अध्ययन र माथि प्रस्तुत गरिएको तथ्यांकलाई आधार मानीपोखरा महानगरले यसखालका योजना र कार्यक्रमल्याउँदा कृषिउत्पादन वढाउन सकिन्नभन्ने लागेको छ ।

कस्ता योजना र कार्यक्रमल्याउने त पोखरा महानगरले ?
१.सवैले पाउने गरि उत्पादन सामाग्री (मल, विँउ, सिँचाई, विजुली) मा अनुदानको व्यवस्था गर्ने ।
२.वास्तविककिसानको पहुँचपुग्ने गरी सस्तो र सुलभ कृषिऋणको व्यवस्था गर्ने ।
३.सवै किसानलाई प्राविधिक सेवा सहज रुपमादिने व्यवस्थामिलाउने गर्ने ।
४.सवै वालीतथापशुधनविमाकार्यक्रम संचालन गर्ने ।
५.किसानलाई न्यूनमतवचतको ग्यारेन्टीको व्यवस्था गर्ने ।
६.जमिनको चक्लावन्दीकार्यक्रमलाई संचालन गर्ने ।
७.वाँझो जमिनउपयोगमाल्याउने कार्यलाई जोड दिने ।
८.कृषि सहकारी, किसानक्लवतथा समूहनिर्माणमा किसानलाई प्रोत्साहन गर्ने ।
९.कृषिउत्ुपादनको वजारीकरण गर्ने र स्तरीय कृषि सामुदायिक संकलन केन्द्र खोल्ने ।
१०.“युवाउद्यमचुनौति कोष”वनाउने, जहाँ वैदेशिक रोजगारवाट फर्किएकायुवाहरुको लागि स्वरोजगार गराउनसकिने ।
११. “एक वडा एक उत्पादन”कार्यलाई जोड दिने, जस्तैः, पोखरामाकफि, चिया, सुन्तला, आलु, केरा, अदुवा, माछा, मासु, अण्डा,तरकारी, खाद्यन्नलगायतमावितरण गरी उत्पादनमा विशिष्टीकरण गर्न वान्छनीय देखिन्छ ।
अहिले पोखरा महानगरका कृषियोग्यजमिनभएका २० वटा वडाहरुमा औसतमा ३ हजार भन्दा वढि युवाहरु फर्किएका छन् भने कोरनाको कहर सकिएपछि, खाडी र अन्य देशवाट हजारौं युवाहरु यहाँआउने छन् । त्यसैले महानगरले स्थानीय सरकार, सहकारी, माईक्रो फाईनान्स र व्त्रव्त्ब् को सहकार्य गराई निब्र्याजे ऋण, मल, विँउ र प्रविधिको व्यवस्था गर्ने राहतल्याऔं अनिदाता र प्रापकको जस्तो हाम्रो मगन्ते व्यवहार पनि परिवर्तन गर्न आवश्यक छ । माग्ने प्रवृत्तिले सरकार र नागरिक दुवैलाई अल्छि वनाउँछ, त्यसैले असम्भवभन्ने मुर्खको डायरीमामात्रै हुन्छ, अव स्थानीय सरकारले विकासको थालमात्रै दिने होईन, समृद्धिको भात नै खुवाउनुपर्छ । अस्तु

तपाईको प्रतिक्रिया