दीप हाउजिङ आमा समूहले दियो राहत

समाधान संवाददाता २०७७ वैशाख ३ गते १५:४७


पोखराको दीप हाउजिङ आमा समूहले पोखरा १६ को वडा राहत कोषमा ८० हजार रुपैयाँको खाद्यान्न सहयोग गरेको छ ।

उक्त राहत आमा समूहकी अध्यक्ष लक्ष्मी गुरुङले मंगलबार वडाध्यक्ष जीवन आचार्य, वडासदस्य राजेश गुरुङ लगायतलाई हस्तान्तरण गरिन् । राहतमा खाद्यान्न, तरकारी लगायत सामग्री छन् ।

Advertisement

उक्त सामग्री वडाले विपन्न नागरिकलाई वितरण गर्ने वडा सदस्य राजेश गुरुङले जनाएका छन् । उनका अनुसार अहिलेसम्म पोखरा १६ वडाले १७ सय जनालाई राहत वितरण गरिसकेको छ ।


‘राहत पाउन बाकी रहेकोहरुलाई पनि क्रमश राहत वितरण गर्दै जानेछौं,’ वडासदस्य गुरुङले भने, ‘सहयोग गर्न चाहने दानवीरहरुले वडा कार्यालयसँग समन्वय गरेर मात्रै वितरण गर्नु हुन् पनि अनुरोध छ ।’

दीप हाउजिङमा बस्नेहरुले आफूहरुकहाँ विभिन्न कार्यमा संलग्न र विपन्न परिवारका सदस्यहरुलाई पनि राहत वितरण गर्दैछन् ।

Advertisement

तपाईको प्रतिक्रिया