गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ वैशाख ४ गते १२:३४

पोखरा

कोराना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणकोलागी पोखराका सामाजिक संघ संस्थाहरूले गण्डकी प्रदेश सरकारलाई ६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।


गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश र कास्की शाखाको अगुवाईमा सामाजिक विकास मन्त्रालयको अनुरोधमा ६ वटा सामाजिक संघ संस्थाहरूले ५ लाख बराबरको ७३ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र १ लाख बराबरको सर्जिकल मास्क प्रदान गरेको गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए । गैसस महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले उक्त स्वास्थ्य सामाग्री गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे ।

Advertisement

स्वास्थ्य सामग्री खरिदको लागि असल छिमेकी सहयोग संघ (गोनेसा), चिल्डे«न नेपाल, कोपिला नेपाल, राइट फोर चिल्डे«न, नमस्ते सामुदायिक प्रतिस्ठान र नेलम्बो नेपालले जनही १ ÷ १ लाख प्रदान गरेका थिए । कार्यक्रममा इन्टर नेशनल फेलोसिप नेपाल (आइएनएफ)ले २५ थान पीपीई प्रदान गरेको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सहयोग गरेकोमा सामाजिक संघ संस्थाहरुलाई धन्यवाद दिइन् । गैसस महासंघका गण्डकी प्रदेशका अध्यक्ष विना सिलवालले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आगामी दिनमा समेत गण्डकी प्रदेशलाई सहयोग गर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया