स्याङ्जामा भीषण असिना पानी, तरकारी, फलफूल र बाली साेत्तर
समाधान संवाददाता
२०७७ वैशाख ८ गते १७:३०

स्याङ्जा
स्याङ्जाको पुतलीबजार नगरपालिका आसपासमा सोमबार दिउँसो भीषण असिना पानी परेको छ । असिना पानीले मौसमी बाली तथा तरकारीका साथै फलफूलमा धेरै क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

तस्बिर : पुरुषाेत्तम काेइराला
लकडाउनका बेला घरमै बसेर लगाएको तरकारी बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । सुन्तला र अमिलोजन्य फलफूलको फूल खेल्ने बेलामा परेको असिनाले उत्पादनमा समेत असर पार्ने देखिएको छ ।

दिउँसो साढे २ बजेपछि लगातार आधा घन्टा असिना पानी परेको पुतलीबजार १३ का पुरुषोत्तम कोइरालाले बताए ।
भर्खरै एकोहोरो खनेका मकै पनि असिनाले सोत्तर पारेको छ । हुर्कंदै गरेका घिरौंला, करेला, लौका, काँक्रा, भिन्डी लगायतका कलिला बिरुवा त झन् सखापै बनाएको छ ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया