बागलुङकाे मानव सेवा आश्रममा कामना सेवाकाे खाद्यान्न सहयाेग
समाधान संवाददाता
२०७७ वैशाख १० गते १८:५४

पाेखरा
लकडाउनका कारण समस्यामा परेका बेला कामना सेवा विकास बैंकले बागलुङमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रम गरी बागलुङ गरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा तथा पत्रकार राजेशचन्द्र राजभण्डारीको रोहवरमा सहयोग हस्तान्त्रण गरेको बैंकका धौलागिरि क्लस्टर प्रमुख टंकनाथ लामिछानेले जानकारी दिए ।
बैंककले ८ बाेरा चामल, एक बरा दाल दुई बाेरा आटा, चाउचाउ नुन तेल जस्ता दैनिक आवश्यक खाद्य समाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा बैंकका प्रतिनिधि बागलुङ शाखाका प्रवन्धक ध्रुव पौडेल तथा कर्मचारी सविता शर्मा को उपस्थिति थियो ।
लकडाउनको समयमा आश्रममा आश्रित ४२ जनालाई बैंकले गरेको सहयोग प्रति मानव सेवा आश्रमकी प्रमुख सुमिरा लामाले धन्यवाद् व्यक्त गरिन् ।
सम्बन्धित








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया