मानवसेवा आश्रमलाई मिड टाउनको सहयोग

समाधान संवाददाता २०७७ वैशाख ११ गते १५:०४

पोखरा

लायन्स क्लब अफ पोखरा मिड टाउनले मानवसेवा आश्रम पोखरालाई सहयोग गरेको छ । क्लबले आश्रमलाई आवश्यक सरसफाईका सामग्री सहयोग गरेको हो ।

मातातीर्थ औसीको अवसर पारेर क्लबले सहयोग गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । मानवसेवा आश्रममा आश्रित १ सय १० जना बृद्धबृद्धालाई क्लबले एक छाक खानासमेत खुवाएको छ ।

Advertisement

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का क्याबिनेट सेक्रेटरी विनोद ढुड्गानाले सामाजिक क्षेत्रमा मिड टाउनले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । क्लबका सदस्यहरुबाट संकलित रकमबाट आश्रमलाई सहयोग गरिएको कार्यक्रम संयोजक संगम गुरुङले जानकारी दिए । सहयोगी संघसंस्था तथा व्यक्तिहरुको सहयोगबाट मानवसेवा आश्रम चलेको मानवसेवा आश्रम गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।


कोरोना भाइरस संक्रमण जोखिमका कारण मुलुक लकडाउन भएपछि क्लबले यस अगाडि मजदुर लगायत विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरिसकेको क्लबका सचिव विकास भुर्तेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया