देउवाले प्रधानमन्त्रीलाई भने सांसद अपहरण गर्नेमाथि कारबाही गर्नुस्

समाधान संवाददाता २०७७ वैशाख १२ गते १८:२४

काठमाडौं

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकाहरुमाथि कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

बालुवाटारमा शुक्रबार भएको प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्नहरुमाथि कारबाही गर्न माग गरेका हुन् ।


भेटमा प्रधानमन्त्री ओलीलाई देउवाले भने,‘ एक जना सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभर उठेको छ। मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ।’ 



तपाईको प्रतिक्रिया