पोखरा महानगरकाे राहत कोषमा ४ करोड १० लाख

पोखरा
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म ४ कराेड १० लाख सहयाेग जम्मा भएकाे छ ।
राहत कोषमा टान क्षेत्रीय संघ पोखराले ५० हजार सहयोग गरेको छ । टानका अध्यक्ष हरि भुजेलको नेतृत्वको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । त्यसैरी संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पनि ५० हजार सहयोग गरेका छन् ।
यसैगरी गण्डकी निर्माण समन्वय प्रालिले पनि ७५ हजार सहयोग गरेको छ । प्रालिका प्रबन्ध निर्देशक रमेश सिकेले उक्त रकमको चेक महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् ।
पतञ्जली योग पिठ नेपालले पोखरा महानगरपालिकालाई २० कार्टुन साबुन हस्तान्तरण गरेको छ । महानगरको वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको समन्वयमा पतञ्जली योग पिठ नेपालका शालिग्राम सिंहको पहलमा गण्डकी प्रदेशका योग प्रमुख नरेन्द्र लालचन, उद्योग संयोजक धर्मराज शर्मा, संगठन मन्त्री लक्ष्मण पौडेल, गण्डकीका सदस्य मनोज श्रेष्ठसहितको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई साबुन हस्तान्तरण गरेका गरेको हो ।
शुक्रबारसम्म महानगरको कोषमा मंगलबार ४ करोड १० लाख १९ हजार ७ सय ५९ रुपैयाँ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया