रोग र भोकप्रति ३ वटै सरकारबीच समन्वय हुनुपर्छ ः मजदुर नेता

समाधान संवाददाता २०७७ वैशाख १९ गते २१:००

हरि बास्तोला, पोखरा


मजदुर संगठन सम्वद्ध विभिन्न संगठनका नेताहरुले कोरोना संक्रमणसँगै मारमा परेका मजदुर वर्गको रोग र भोकको समस्यमा तीनै तहका सरकारको समन्वय आवश्यक भएकोमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रियरुपमै १ सय ३१ औं मजदुर दिवस मनाइरहँदा कोरोनाले विश्वव्यापिरुपमा पारिरहेको समस्याले प्रत्यक्ष प्रभावित मजदुरहरुको पीडामा मलम लाग्न नसकेको उनीहरुको ठम्याइ छ ।
कोरोना संक्रमणले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुरहरु प्रत्यक्ष मारमा परेको नेपाल ट्रेड युनियन महासंघ जिफन्ट केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इन्चार्ज मिना गुरुङ बताउँछिन् ।

Advertisement

‘कोरोना संक्रमण पैmलिन नदिन ४० दिन यता जारी बन्दाबन्दीले विपन्न मजदुर वर्गको चुलो तात्न सकेको छैन,’ गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी गुरुङले भनिन्, ‘विपदको यस घडीमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा उनीहरुका पीडा व्यथामा मलमपट्टी लगाउनु पर्ने देखिएको छ ।’

दैनिकीनै असहज बनेका मजदुरको सहयोगका लागि राज्य एवं सम्बद्ध निकायहरुले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले उनीहरुको समस्यामा साथ र सहयोग पु¥याउनुले मात्रै मजदुर दिवस मनाउनुको सार्थकता पुष्टि गर्ने बताइन् ।

Advertisement

विश्वव्यापिरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको औषधी उत्पादन नभएको अवस्थामा रोकथामका लागि बन्दाबन्दीको विकल्प नभएको उल्लेख गर्दै उनले मजदुरलाई राहत दिनुभन्दा सुरक्षित तरिकाले सम्बन्धित क्षेत्रमा काम लगाउनु अपरिहार्य भएकोमा जोड दिइन् ।

बन्दाबन्दीका कारण यतिखेर उद्योग, कलकारखाना नचल्दा मजदुरहरु समस्यामा छननै पूर्वाधार विकास तथा निर्माणका सम्पूर्ण काम बन्द हुँदा उनीहरुको रोजीरोटी बन्द भएको छ ।

विगतमा विदेशमा गई मजदुरी गरेर परिवारको पालनपोषण गर्नुका साथै देशका लागि समेत ठूलो रेमिटेन्स भिœयाउने वैदेशिक रोजगारमा रहेका मजदुरहरु अधिकाँश तत्त्तत ठाउँमा रोजगारी नभएपछि घर फर्कने तयारीमा छन् ।

देशमा राम्रो रोजगारीको अवसर नभएर विदेशिन बाध्य उनीहरुको अबको गन्तव्य के हुने भन्ने अर्को चुनौती टड्कारो देखिएको छ । स्वदेशमा रहेका र विदेशबाट फर्किएका मजदुरहरुको रोजिरोटी व्यवस्थापनतर्पm सरकारले बेलैमा सोच्नु पर्ने मजदुर नेताहरुले सुझाव दिएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीका अनुसार बन्दाबन्दीसँगै सरकारले उपलब्ध गराएको राहत सामग्री दैनिक ज्यालादारी गर्ने एवं विपन्न वर्गका मजदुरले राहत प्राप्त गर्न सकेका छैनन् ।

ठेकेदारले लिएका निर्माणका काम पेटी ठेकेदार र नाइकेलाई जिम्मा दिने गरेको र बन्दाबन्दीसँगै उनीहरु भागेकोले विभिन्न स्थानबाट कामको सिलसिलामा आएका मजदुर जटिल समस्यामा परेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थामा मजदुरलाई २० वटा गाडीमार्पmत जिल्ला जिल्लामा पु¥याएको जानकारी दिए ।
विकास निर्माणका काम कार्यरत मजदुरको वडास्तरमा तथ्यांक संकलन गरी उनीहरुको बैंक खातामार्पmत पारिश्रमिक उपलव्ध गराउनु पर्ने अखिल नेपाल ट्रेडयुनियन महासंघ कास्कीका अध्यक्ष रुद्र गौतम बताउँछन् ।

उनका अनुसार विगतमा विभिन्न सभा समारोह गरेर मनाइने मे दिवस यस पटक भने कोरोनाको जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीको कारण घर घरमा मनाउन मजदुरहरुलाई अनुरोध गरिएको छ

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजय भण्डारीले एकद्वार प्रणालीबाट राहत वितरण प्रक्रिया राम्रो भए पनि मापदण्ड अनुसारको प्रक्रिया नपुग्दा वास्तविक मजदुर वर्ग राहतबाट वञ्चित भएको बताउँछन् ।

सरकारले बन्दाबन्दीको अवधिमा पनि मजदुरलाई पारिश्रमिक दिनु पर्ने निर्णय कार्यान्वयन हुनु पर्ने बताउँदै उनले भने, ‘क्वारेन्टाइनमा रहेर पनि औद्योगिक प्रतिष्ठानमा निरन्तर काम गर्ने मजदुरले अतिरिक्त सुविधा पाउनु पर्ने माग गरेका छन् ।’

तपाईको प्रतिक्रिया