महानगरकाे राहतकाेषमा कन्टेक प्रालिकाे पाैने २ लाख सहयाेग

पाेखरा
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा पोखरा १४ मा रहेको कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ ।
प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलीले महानगर प्रमुख मानबहाुदर जिसीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी गोखार्ज टिमले ५१ हजार १ सय ११ सहयोग गरेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराई पनि ५० हजार सहयोग गरेकी छन् । उनले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेकी हुन् । मलिजुली बचत तथा ऋण सहकारी संस्थाले पनि ५० हजार ५ सय ३१ रुपैयाँ सहयोग धर्मकाँया बुद्ध मण्डला पोखरा काहुँले पनि १५ हजार १५ रुपैयाँ महानगरको कोषमा सहयोग गरेको छ ।
पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया