महानगरकाे राहतकाेषमा कन्टेक प्रालिकाे पाैने २ लाख सहयाेग

समाधान संवाददाता २०७७ वैशाख २३ गते १५:३४
sdr

पाेखरा

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा पोखरा १४ मा रहेको कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ ।

प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलीले महानगर प्रमुख मानबहाुदर जिसीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement

यसैगरी गोखार्ज टिमले ५१ हजार १ सय ११ सहयोग गरेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराई पनि ५० हजार सहयोग गरेकी छन् । उनले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेकी हुन् । मलिजुली बचत तथा ऋण सहकारी संस्थाले पनि ५० हजार ५ सय ३१ रुपैयाँ सहयोग धर्मकाँया बुद्ध मण्डला पोखरा काहुँले पनि १५ हजार १५ रुपैयाँ महानगरको कोषमा सहयोग गरेको छ ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।

Advertisement



तपाईको प्रतिक्रिया