सुशासनका लागि दीगो शान्ति : प्रदेश प्रमुख शेरचन

समाधान संवाददाता २०७७ वैशाख २५ गते ७:२४

पोखरा

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त रहेको बताएका छन् ।

बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देस दिँदै उनले शान्तिका अग्रदूत बुद्धका समतामूलक समाज निर्माणका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको जनाएका छन् ।

Advertisement

बुद्ध जयन्तीको यस महŒवपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्व नै आक्रान्त भएका बेला संक्रमण नियन्त्रणमा नेपाल सरकारले गरेको लकडाउन सफल बनेको उनको भनाइ छ । उनले भनेका छन्, अझै पर्याप्त पिसिआर परीक्षणका माध्यमबाट संक्रमणको अवस्था पत्ता लगाइ यसको रोकथाम तथा नियन्त्रणमा सरकारले विशेष भूमिका खेल्ने मैले विश्वास लिएको छु ।

पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवम् शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको पवित्र दिनमा हामी सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया