रिसिङ गाउँपालिकाले दोस्रो चरणको राहत प्रदान गर्ने

राजन उपाध्याय
दुलेगौंडा
रिसीङ गाउँपालिकाले दोस्रो चरणको राहत प्रदान गर्ने भएको छ । सरकारले लागु गरेको लकडाउनका कारण विहान बेलुकीको छाक टार्न मुस्किल परेका गाउँवासीलाई गाउँपालिकाले राहतको लागि निवेदन माग गरेको छ ।
सोमवार गाउँपालिकाले सुचना जारी गरी विहिवार भित्र निवेदन माग गरेको हो । प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वडामार्फत राहतको लागि निवेदन दिन सकिने जानकारी दिए । गाउँपालिकाले गाउँवासी, असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड २०७७ जारी गरेको छ । सोहि मापदण्डका आधारमा राहत वितरण गरिने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
मापदण्ड विपरित राहत लिने तथा सिफारिस गर्ने पदाधिकारीलाई कानुन बमोजिम कार्वाही गरिने समेत गाउँपालिकाले जनाएको छ । गाँउपालिकाले पहिलो चरणमा ८ सय ११ विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया