रिसिङ गाउँपालिकाले दोस्रो चरणको राहत प्रदान गर्ने

समाधान संवाददाता २०७७ वैशाख २७ गते १५:३८

राजन उपाध्याय

दुलेगौंडा

रिसीङ गाउँपालिकाले दोस्रो चरणको राहत प्रदान गर्ने भएको छ । सरकारले लागु गरेको लकडाउनका कारण विहान बेलुकीको छाक टार्न मुस्किल परेका गाउँवासीलाई गाउँपालिकाले राहतको लागि निवेदन माग गरेको छ ।

Advertisement

सोमवार गाउँपालिकाले सुचना जारी गरी विहिवार भित्र निवेदन माग गरेको हो । प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वडामार्फत राहतको लागि निवेदन दिन सकिने जानकारी दिए । गाउँपालिकाले गाउँवासी, असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड २०७७ जारी गरेको छ । सोहि मापदण्डका आधारमा राहत वितरण गरिने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

मापदण्ड विपरित राहत लिने तथा सिफारिस गर्ने पदाधिकारीलाई कानुन बमोजिम कार्वाही गरिने समेत गाउँपालिकाले जनाएको छ । गाँउपालिकाले पहिलो चरणमा ८ सय ११ विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया