पोखराका पालिखे देशकै युवा उद्यमीका अध्यक्ष

समाधान संवाददाता २०७७ वैशाख ३० गते १६:०३

समाधान संवाददाता

पोखराका युवा उद्यमी तथा व्यवसायी प्रकाशदेव पालिखे नेपाल युवा उद्यमी मञ्च (एनवाईइएफ)का अध्यक्ष चयन भएका छन् । पालिखे देशैभरका युवा उद्योगी व्यवसायीहरुको साझा सस्था नेपाल युवा उद्यमी मञ्चको सर्बोच्च पद सम्हाल्ने पोखराका दोश्रो व्यक्ती हुन । यसअघि लक्ष्मी हाउसका निरञ्जन श्रेष्ठ अध्यक्ष भएका थिए ।

मंगलबार सम्पन्न साधारण सभाले पालिखेलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । लक डाउनका कारण सधारण सम्मेलन जुम मिटिङ प्रविधिबाट भएको थियो । पालिखे युवा उद्यमी मञ्च पोखराका पूर्व अध्यक्ष हुन ।

Advertisement

तपाईको प्रतिक्रिया