दबाबबीच नेकपा स्थायी कमिटी बैठक, यस्ता छन् एजेन्डा

समाधान संवाददाता २०७७ वैशाख ३१ गते ६:२६

काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे ११ बजे पार्टी मुख्यालय धुम्वाराहीमा पार्टी एकतापछिकाे तेस्राे बैठक बस्न लागेकाे हाे ।

यसअघिका २ बैठक एकताकेन्द्रित भए पनि अहिले भने फरक माहाेल छ ।
यस अघिका बैठकहरुमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड समूह एकातिर माधव नेपाल समूह अर्काेतिर देखिदै आएका थिए। तर, यस बैठकमा प्रचण्ड र नेपाल समूहसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ एकतातिर अध्यक्ष ओली समुहसहित ईश्वर पोखरेल, उपाध्यक्ष बामदेव गौतम, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल देखिने सम्भावना बढेको छ। बादल सरकारमै भएको र गौतमलाई भैंसेपाटीबाट बालुवाटार नजिक भएपछि बैठकको दृष्य फरक देखिने भएको हो।

Advertisement

बैठकका एजेन्डा
स्थायी कमिटी बैठकमा आगामी आर्थिक वर्षको बजेट र नेपालको कालापानी‚ लिपुलेक मिचेर भारतले बाटो उद्घाटन गरेको विषयलाई मात्रै बैठकको एजेन्डा बनाएको महासचिव विष्णु पौडेलले बताए। तत्काल देखिएका समस्या बाहेक अरु एजेन्डा बैठकमा पेस नगरिने उनको भनाइ छ।

तर, प्रचण्ड समूहले आधा दर्जनभन्दा धेरै बैठकका एजेन्डा बनाएका छन्। वरिष्ठ नेता झलनाथ खनालका अनुसार पार्टी र सरकारलाई पद्धतिअनुसार चलाउने विषयमा समेत बैठकमा कुरा उठ्नेछ। उनले भने, ’सरकार पार्टीको पद्धति बाहिर गएर चलेको जस्तो देखिएको छ। त्यसका विषयमा पनि कुरा उठ्छ।’ यसबाहेक सीमा विवाद, एक व्यक्ति एक पद, विवादित अध्यादेश र सांसद अपहरणका विषय समेत एजेन्डा बन्न सक्ने एक संकेत उनले गरेका छन्।

Advertisement

यस्तै २५ गते बसेको २० स्थायी कमिटी नेताहरुले एक पद एक व्यक्ति, विवादित अध्यादेश, भारतलगायत खाडीमा अलपत्र परेका नेपालीको उद्धार र कोरोना कारण बढ्दो बेरोजगारीको सम्बोधनको विषयमा एजेण्डा बनाएका थिए। ती २० नेताहरुले बैठकबाटै निर्णय गराई २५ गते बेलुका अध्यक्ष प्रचण्डलाई बुझाएका छन्। बैठकमा पेश भएका एजेण्डा बाहेक स्थायी कमिटी सदस्यहरु आफैंले धेरै एजेण्डा प्रवेश गराउने समेत देखिएको छ।

तपाईको प्रतिक्रिया