नेपाली भूमि जोगाउन नसक्ने हस्तीहरु

विष्णु अधिकारी
नेपालका प्रधानमन्त्री भारत र चीन गएका बेला टनकपुर सन्धि, पञ्चेश्वर परियोजना र कालापानी लिपुलेकको कुरा किन कहिल्यै उठाउँदैनन ? यो निकै चासोको विषय रहेको छ जोसुकै प्रधानमन्त्री भएर भारत वा चीनको राजकीय भ्रमण गरे पनि नेपालको सीमा अतिक्रमणको, कालापानी र लिपुलेक तथा सुस्ता र महेशपुरको कुरा कहिल्यै उठ्दैन किन ?
भारत र चीनबीच भएको लिपुलेक सम्झौताबारे तत्कालीन नेकपा एमालेले विज्ञप्ति मार्फत औपचारिक धारणा कहिल्यै बाहिर ल्याएन । तर २०७२ साउन १२ गतेको नेकपा एमाले केन्द्रीय समितिको बैठकले लिपुलेक नेपाली भूमि भएको र समस्या समाधानका लागि कुटनीतिक पहल गर्न नेतृत्वलाई सुझाव दिएको थियो । उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक इञ्च नेपाली भूमि नछाडिने बताएका थिए ।
विवादहरुमा खेल्ने र खेलाउने बाहेक कुनै पनि समस्याहरुको स्थायी समाधानतर्फ कुनै पनि राजनीतिक दलहरुको ध्यान देखिदैन । सत्ता स्वार्थकै कारण राष्ट्रियता कमजोर हुँदै गएको छ । नेपाली भूमि मिचिँदै गएको छ ।
यसपछि २०७२ असोज २४ गते तत्कालीन नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, जनमोर्चा लगायतका दलहरुको गठबन्धन सरकार बन्यो यही बीच नेपालको जारी संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेशी दल र समुदायको समर्थनमा भारतले नेपालमािथ नाकाबन्दी गरिरहेको अवस्था थियो । उक्त अवस्थामा भारतले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता दिएको थियो । उक्त निम्ताबारे प्रम ओलीले नाकाबन्दी फिर्ता नलिएसम्म भारत भ्रमणमा नआउने प्रतिक्रिया दिँदा ओलीको राष्ट्रवादप्रति आम नागरिकले वाहिवाही गरेका थिए ।
तर भारतीय नाकाबन्दी जारी रहेकै समय २०७२ फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा गए । भारतको उक्त भ्रमणका क्रममा नेपाल भारतबीच ७ ओटा समझदारीपत्रमा हस्ताक्षर पनि गरियो । तर महाकाली सन्धि कालापानी लिपुलेक लगायतका कुनै पनि विषयमा कुनै छलफलसम्म भएन । ६ दिने भारत भ्रमण सकेर प्रधानमन्त्रीको टिम फागुन १२ गते नेपाल फर्कियो । भारत भ्रमणपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कालापानी, सुस्ताजस्ता विषय नसल्टिइएका विषयमा द्विपक्षीय छलफल भएको र आगामी दिनमा आपसी समझदारीमा टुग्याउन भारत सकारात्मक रहेको बताएका थिए । तर भारत र चीनबीच लिपुलेक सम्झौताबारे ओलीले कुनै उच्चारण पनि गर्न चाहानु भएन गर्नु भएन ।
२०५५ साउन २५ गते कालापानीबाट भारतीय सेना फिर्ता पठाउन र सार्वभौमिकताको रक्षार्थ छलफल गरियोस भन्दै यिनै केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेका तर्फबाट संसदमा स्थगन प्रस्ताव दर्ता गराएका थिए । तिनै केपी ओली प्रधानमन्त्रीको हैसियतमा भारत पुग्दा कालापानी लिपुलेक समस्या समाधानका लागि कुनै चर्चासम्म गर्न सकेनन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा २ देशबीच के कस्ता सहमति भए सबै कुरा बाहिर आएनन् उच्चस्तरीय राजनीतिक भ्रमणका बेलामा जारी हुने संयुक्त वक्तव्य पनि ओली भ्रमणका बेला जारी भएन । प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा भारतको औपचारिक र अनौपचारिक गरी २ पटक भारत पुगेका थिए । तर थापाको भारत भ्रमणमा पनि लिपुलेक कालापानीको विषयले प्रवेश पाएन ।
भारत भ्रमणपछि २०७२ चैत ७ गतेदेखि १४ गतेसम्म प्रधानमन्त्री ओली जम्बो मन्त्रिमण्डल र सल्लाहकार समेत लिएर चीन भ्रमणमा गए । चीन भ्रमणका बेला नेपाल चीनबीच व्यापार तथा पारवहन सम्झौतासहित रसुवागढी काठमाडाैं, काठमाडाैं पोखरा लुम्बिनी रेलमार्ग जस्ता दीर्घकालीन योजनाहरुको समझदारीपत्रमा हस्ताक्षर भयो तर चीनको उक्त भ्रमणमा पनि ओली नेतृत्वको टिमले भारत र चीनबीच व्यापारिक नाका बनाउने नेपाली भूमि लिपुलेकका विषयमा कुनै कुरा उठाइएन ।
२०७२ असोज २४ गते तत्कालीन नेकपा माओवादीको समर्थनमा बनेको ओली सरकारविरुद्द २०७३ असार २८ गते तत्कालीन नेकपा माओवादीबाट ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई संसदमा अविश्वास प्रस्ताव दर्ता गरियो । यसपछि साउन ९ गते प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्यो । २०७३ साल साउन १९ गते तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन भयो र २०७३ भदौ ३० गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गए । सरकारमा नभएको समयमा लिपुलेक कालापानी लगायतका विषयमा भारतलाई पत्र लेखेको र सरकारलाई पनि ज्ञापनपत्र प्रस्तुत गरेका प्रचण्ड भदौ ३० गते भारत भ्रमणमा जाँदा लिपुलेकका विषयमा कुनै कुरा उठाएनन् । भ्रमणको अन्त्यमा जारी हुने संयुक्त विज्ञप्ति प्रधानमन्त्री प्रचण्ड भारत पुगेको दोश्रो दिनमै जारी भयो जुन विज्ञप्तिले नेपालको सार्वभौमिकतामाथि गम्भीर प्रश्न उठाएको छ नयाँ संविधान जारी गरेर संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्य ऐतिहासिक भएको र सबै पक्षलाई समेटन खोजिएको प्रयत्नबारे भारतीय समकक्षीलाई सेयर गरेको कुरा विज्ञप्तिमा उल्लेख गरियो ।
भारतीय प्रधानमन्त्रीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि नेपालले सबै पक्षहरुलाई समेट्न गरिरहेको प्रयत्नलाई स्वागत गरेको उल्लेख गरियो संविधान जस्तो आन्तरिक मामिलालाई द्विपक्षीय वार्ताको कार्यसूचीमा राख्ने काम सार्वभौम राष्ट्रका प्रधानमन्त्री प्रचण्डबाट भयो । भारतीय सहयोगका परियोजनाको संयुक्त अनुगमन गर्ने, नेपालको परराष्ट्र नीति विपरीत राष्ट्रसंघको बृहत्तर सुधार लगायतका अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गर्ने र राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी सदस्यको उम्मेदवारीमा भारतलाई समर्थन गर्नेमा प्रचण्डले सहमति जनाएका थिए ।
नेपालको हित विपरीतका अरुण तेश्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि सहमति गरिएको अवस्था थियो । तर लिपुलेक लगायतका सीमा अतिक्रमणका विषयमा किन चर्चासम्म हुन सकेन ? भन्ने प्रश्न गम्भीर छ । सरकार बाहिर रहँदा राष्ट्रवादका कुरा निकै चर्का हुने गर्छन् । तर सत्तामा रहँदा राष्ट्रियताको विषय ओझेलमा पर्ने कारणको रहस्य के हो जनता जान्न चाहन्छन ।
यतिबेला तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता गरी झण्डै २ तिहाइको सरकार छ । तर सरकारले जनअपेक्षाको त कुरा नगरौं राष्ट्रियताको सवालमा केही माखो मार्न सकेन । ओली सरकारलाई आफ्नै पार्टी भित्रबाट अनेक षडयन्त्रहरु गर्दै असफल गराउने प्रयत्नहरु भइरहेका छन् । जसले गर्दा राष्ट्रियता थप कमजोर हुने अवस्थातर्फ नेपालका राजनीतिक हस्तीहरु हिँडिरहेको देखिन्छ ।
विवादहरुमा खेल्ने र खेलाउने बाहेक कुनै पनि समस्याहरुको स्थायी समाधानतर्फ कुनै पनि राजनीतिक दलहरुको ध्यान देखिदैन । सत्ता स्वार्थकै कारण राष्ट्रियता कमजोर हुँदै गएको छ । नेपाली भूमि मिचिँदै गएको छ ।






पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया