जबज र क्रान्तिकारी रुपान्तरण

समाधान संवाददाता २०७७ जेठ ३ गते १२:२५

कुसुमकेशव पराजुली

‘लौ है, अब जानु प¥यो, ट्राफिक नियम पनि मान्नै प¥यो, ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने वाक्य निकाल्दै मदन भण्डारी र जिवराज आश्रित पोखरा सभागृहबाट बिदा हुनुभएको थियो । कुरा विसं २०५१ जेठ ३ गतेको थियो ।

त्यति बेलाको नेकपा (एमाले) का महासचिव तथा प्रभावशाली नेता मदनकुमार भण्डारी र संगठन लिभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटना भएको खबर सुन्दा सभाकक्षमा रहेका हामी सबै अकमक्क भयौं । कास्की जिल्ला पार्टी अधिवेशनको उद्घाटन सकेर चितवन जिल्ला पार्टी काममा जाँदा उहाँहरुको दासढंगा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

Advertisement

सभागृहमा अधिवेशन सम्पन्न भइसकेको थिएन, छिटोछिटो सकेर जीप दुर्घटना भएको दासढुंगा जाने प्रायः सबैको मनसाय थियो । हामीले त्यसै ग¥यौं । पार्टीका तत्कालीन नेताहरु खगराज अधिकारी, तुलबहादुर गुरुङ, भरत पहारी, मजदुर नेता चूडामणि जंगली, विद्यार्थी रवीन्द्र अधिकारी लगायतको नेतृत्व घटनास्थलमा जाने निर्णयानुसार उहाँहरु जानु भयो । आज नेपाल कम्युनिस्ट आन्दोलनका नवीन विचारक मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस हो, उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली !

नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनको इतिहास एकीकृत भन्दा बढी टुटफुट हुने प्रवृत्तिको थियो । कम्युनिस्ट पार्टी स्थापनादेखि विभिन्न महाधिवेशनसम्मको अध्ययन गर्ने हो भने पार्टीको महासचिव वा नेता आजीवन आफै बनिरहनु पर्दछ भन्ने प्रवृत्ति थियो । त्यस्तो गलत कम्युनिस्ट संस्कार र संस्कृतिलाई तोड्दै नेकपा (माले) का महसचिव मदन भण्डारीले मनमोहन अधिकारी अध्यक्ष रहनुभएको नेकपा (माक्र्सवादी) सँग पार्टी एकीकरण गर्ने काम गर्नुभयो ।

Advertisement

जसको नीति, सिद्धान्त वा कार्यक्रम महाधिवेशनबाट पारित हुन्छ उही नेतृत्वमा रहनु पर्दछ, यसमा कुनै फरक मत हुनु पर्ने थिएन । नेपालको कम्युनिस्ट आन्दोलनले सफलता नपाउँदै वा सरकार नबनाउँदै टुटफुट आउनु अप्राकृतिक नियम थियो ।

नेपाल कम्युनिस्ट आन्दोलनमा विशिष्ठ योगदान पु¥याउँदै आउनुभएका शीर्षस्थ नेताहरु आदरणीय हुनुहुन्छ । उहाँहरुको ऐतिहासिक योगदान र भूमिकाप्रति हामी कति सहमत या असहमत हुन सकौंला भिन्दै कुरा हो ।

पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ महाधिवेशन वा सम्मेलन सम्म आइपुग्दा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर, साहना प्रधान, चन्द्रप्रकाश मैनाली, निर्मल लामा, मोहन वैद्य ‘किरण’, खड्गप्रसाद ओली कम्युनिस्ट आन्दोलनमा अग्रणि नामहरु थिए ।

उपरोक्त नामावली बाहेक डा. बाबराम भट्टराई, रामबहादुर थापा ‘बादल’, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीको नाम पनि आउने गर्दथ्यो । अहिले पछिल्लो फेरि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समेत कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।

आज मदन भण्डारीको स्मरण गर्ने र उहाँले उठाउनु भएको जनताको बहुदलीय जनवाद बारे चर्चा गर्ने दिन हो । कमरेड मदन भण्डारीको विचार त्यो परिवेशमा आएको थियो जुनबेला नेपालमा राजतन्त्रको निरंकुश राज्य व्यवस्था, केही अधिकार प्राप्त भएको बहुदलीय व्यवस्था थियो ।

नेपालको राज्य व्यवस्था भर्खरै सामन्तवादबाट पुँजीवादमा प्रवेश गर्दै रहेको थियो । त्यतिबेला पूर्ण सामन्तवाद पनि होइन, पूर्ण पुँजीवादी राजनीतिक व्यवस्था पनि थिएन । त्यस्तो नवसामन्त र दलाल नोकरशाही सहितको नवऔपनिवेशिक राज्य प्रणालीमा प्रवेश गर्दै थियौं । मदनकुमार भण्डारीले भन्नु भएको जनताको बहुदलीय जनवादी कार्यनीति त्यति बेलाको आर्थिक समाजिक धरातलमा सिर्जना भएको थियो ।

त्यतिबेला र यतिबेला पनि केही कम्युनिस्ट पार्टीहरुले र स्वयं मदन भण्डारीको पार्टीमा समेत उहाँको उक्त विचारप्रति असहमति जनाउँदै निरन्तर वैचारिक संघर्ष गर्दै आएका छन् । कुनै विचार वा कार्यनीतिमा कसैले असहमति जनाउँदैमा त्यो बाटो गलत वा सही हुने कुरा थिएन ।

इतिहासको एउटा कालखण्डमा त्यो समय सापेक्षतामा सही विचार हुन सक्यो होला । अहिले नेपालका नदीहरुमा धेरै पानी बगिसकेको छ । विश्व सामाजिक व्यवस्थामा परिवर्तन आएको छ, त्यसैले ३ दशक अगावै निर्धारण गरिएको त्यो कार्यनीतिमा परिमार्जन गर्नुपर्ने भएको छ ।

त्यतिबेला राजतन्त्र सत्ताको केन्द्रमा थियो, संविधानभन्दा माथि रहेको राजतन्त्रले आफू अनुकुलको राज्य व्यवस्था नभएमा जहिले पनि सरकार परिवर्तन गर्न सक्ने, सिधै सत्ता आफैंले लिन सक्ने, वा आफ्नो कठपुतली व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने अवस्था कायम थियो । निश्चितै हो राजा आफू सर्वेसर्वा त हुन्थे नै तर मुलुकलाई विभिन्न प्रशासनिक इकाई बनाएर राज्य नगरी साध्य थिएन ।

७५ जिल्ला, १४ अञ्चल र ५ विकास क्षेत्र बनाएर प्रशासनिक विकेन्द्रीकरणको ढाँचा तयार पारिएको थियो । क्षेत्रपाल, अञ्चलाधीश, शाही सेना, न्याय क्षेत्र, प्रशासनिक इकाईका प्रमुख, प्रहरीका प्रमुख सबै ठाउँमा राजदरबारले पत्याएका मान्छे मात्रै भर्ती गरिन्थ्यो ।

राज्यको दोहन नगर्नेमध्ये केही इमान्दार पञ्चहरु हुन्थे भने धेरैजसो राजदरबारलाई मात्रै देखावटी खुशी बनाउने र गलत काम गर्नेहरु थिए । त्यही अवसरमा उनीहरुले राज्यकोषबाट थुप्रै रकम लिने गर्दथे ।

जग्गा जमिन आफू वा आफन्तका नाममा दर्ता गर्दथे । भ्रष्टाचार त्यतिबेला पनि थियो तर अनियमितता, भ्रष्टाचार र अत्याचार गर्ने शासकहरु बिरुद्ध बोल्दा जनताले यातना भोग्नु पर्ने, बेपत्ता हुनु पर्ने, कारागारको सजाय भोग्नु पर्ने अवस्था थियो । त्यस्तो व्यवस्थामा मनपरी गर्न नजानेका सोझासाझा सरकारी मान्छेले पनि दःख पाउनु पर्ने अवस्था थियो । पञ्चायती व्यवस्थाको बागडोर धेरै समय हाँकेका पूर्वप्रधान मन्त्री सूर्यबहादुर थापा समेत तानाशाही व्यवस्थाको शिकार बन्नु परेको थियो ।

त्यस्तो तानाशाही व्यवस्थालाई नेपालमा उदीयमान हुँदै गएका नव कम्युनिस्टहहरुले मात्रै उखेलेर फाल्न सक्ने अवस्था थिएन जुन कुरा मदनलाई थाहा थियो । हुन त नेकपाको स्थापनाकाल र घोषणापत्र लेखिँदा पुष्पालाल श्रेष्ठले कम्युनिस्टहरुको एक्लो शक्तिले राजतन्त्रलाई उखेलेर फाल्न नसक्ने देखेर नै नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन आवश्यक ठह¥याएको हुनु पर्दछ ।

राजतन्त्रको समाप्तिपछिका प्रतिस्पर्धी राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नै हुन भन्ने कुरा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला र नेकपाका पुष्पलाल श्रेष्ठलाई थाहा थियो । त्यति हुँदाहुँदै पनि संयुक्त आन्दोलनको कार्यनीति आजको कार्यभार हो भन्ने त्यतिबेलाको कम्युनिस्ट पार्टीले उठाएको सवाल अहिले आएर सत्य सावित भएको छ ।

नेकपा (एमाले) र नेकपा (एमाओवादी) एकीकरण भइसकेको अवस्थामा यो पार्टीको कार्यनीति जनताको जनवाद भनेर अगाडि ल्याएको छ । यो कार्यनीतिलाई विशिष्ठ परिस्थितिमा उत्पादन र परिस्कृत गर्दै कम्युनिस्ट आन्दोलनमा समाहित गर्ने र वर्तमान नेपालको संविधानमा प्रत्यक्ष सहभागिता जनाएको बुझ्न सकिन्छ ।

लोकतान्त्रिक राजनीतिमा प्रतिस्पर्धा हुनु नराम्रो हुँदै होइन । यो कुरालाई नेकपाका पुष्पलाल, मनमोहन, झापा विद्रोहबाट प्रभावित मदन भण्डारी र हतियार उठाउन बाध्य भएको बताउनुहुने प्रचण्डलेसमेत स्वीकार गर्नु भएको देखिन्छ ।

त्यहि परिवेशमा आएको जबजको कार्यनीतिलाई अनावश्यक भन्न मिल्दैन । आफ्ना निकटम प्रतिस्पर्धी कांग्रेस वा कम्युनिस्टले राज्य सञ्चालनको जिम्मेवारी लिन्छन् कि भन्ने लघुताभाषी भएका लोकतन्त्र विरोधी कांग्रेस वा कम्युनिस्टहरु भित्रको चिन्तन अहिले राजतन्त्रको समाप्तिसँगै अन्त्य भएको छ ।

शान्तिपूर्ण जन आन्दोलन, सशस्त्र जनयुद्धका सबै कार्यक्रम र कार्यनीतिहरु परीक्षण हुँदै आएको नेपालको राजनीतिक आन्दोलनले आखिर एकल संघर्षबाट मात्रै राजतन्त्र ढालेन, नेपाली कांग्रेस, नेकपाहरु र अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य, संयुक्त आन्दोलन गरेर मात्रै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो ।

यो तथ्य घामजस्तै छर्लंग भएको हुनुपर्दछ । नेपाली कम्युनिस्टहरुले मात्रै होइन यो इतिहासलाई नेपाली कांग्रेस र अन्य लोकतान्त्रिक शक्तिहरुले समेत मान्नु पर्ने हुन्छ । मधेश आन्दोलन, जनजाति, पिछडा समुदाय, विभेदमा परेका महिला, अपांग, ज्येष्ठ नागरिक, शोषित पीडित वर्ग लगायत उपेक्षित भौगोलिक क्षेत्रका नागरिकले अहिले त्यो कुरा बुझ्न थालेको महसुस हुँदैछ ।

नेकपा (एमाले) र नेकपा (एमाओवादी) एकीकरण भइसकेको अवस्थामा यो पार्टीको कार्यनीति जनताको जनवाद भनेर अगाडि ल्याएको छ । यो कार्यनीतिलाई विशिष्ठ परिस्थितिमा उत्पादन र परिस्कृत गर्दै कम्युनिस्ट आन्दोलनमा समाहित गर्ने र वर्तमान नेपालको संविधानमा प्रत्यक्ष सहभागिता जनाएको बुझ्न सकिन्छ ।

जनताको बहुदलीय जनवादी व्यवस्था आफैमा तत्कालीन नेकपा (एमाले) को सिद्धान्त थिएन, कार्यनीति थियो । कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्था मान्दछ भनेर विश्वास नदिलाएसम्म नेपाली कांग्रेस राजतन्त्र हटाउने तहमा आउँदैन भन्ने विश्वास कमरेड मदनलाई पनि थाहा थियो । त्यसैले उहाँले जबजको कार्यनीति पाँचौ महाधिवेशनबाट पारित गराउनुभयो ।

सशस्त्र जनयुद्धको सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डले पनि यो कुरा बुझ्नु भयो । आफ्नो पार्टी शान्ति प्रक्रियामा आइसकेपछि एक्काइसौं शताब्दीको जनवाद अहिलेको आवश्यकता हो भनेर अगाडि ल्याउनुभयो । कतिपय कम्युनिस्ट पार्टीले बदलिएको परिस्थितिमा समेत पुरानै ‘नयाँ जनवादी क्रान्ति’ कार्यक्रम बोकिराखेको अवस्था छ ।

नेकपा (एमाले) र नेकपा (एमाओवादी) एकीकरण भइसकेको अवस्थामा यो पार्टीको कार्यनीति जनताको जनवाद भनेर अगाडि ल्याएको छ । यो कार्यनीतिलाई विशिष्ठ परिस्थितिमा उत्पादन र परिस्कृत गर्दै कम्युनिस्ट आन्दोलनमा समाहित गर्ने र वर्तमान नेपालको संविधानमा प्रत्यक्ष सहभागिता जनाएको बुझ्न सकिन्छ ।

जनताको जनवाद हिजोको नयाँ जनवादी क्रान्ति, जनताको बहुदलीय जनवाद वा एक्काइसौं शताब्दीको जनवादभन्दा परिमार्जित हुनु पर्दछ भन्ने विश्वास अहिलेको नेकपा (नेकपा) ले लिएको छ ।

यो जनताको जनवादको कार्यक्रम कस्तो हुने ? यसको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विदेश नीतिको वैज्ञानिक विश्लेषण हुनु जरुरी छ । त्यो काम सम्पन्न गर्न पार्टीको नेतृत्व र ८ लाख कार्यकर्ताले सक्छन् कि सक्दैन ?

विज्ञहरुको परामर्श, कम्युनिस्ट आन्दोलनका सम्पत्तिका रुपमा रहेका सिद्धान्तनिष्ट पुरानो नेतृत्वका कम्युनिस्टहरु, विज्ञान र प्रविधिमैत्री युवाहरु र सबै तप्का र समुदायसँग छलफल चलाउन बाँकी नै छ । त्यो छलफलबाट आएका कतिपय निस्कर्षहरुलाई माक्र्सवादी दर्शनमा आधारित भएर आगामी महाधिवेशनमा साझा कार्यक्रमको रुपमा लैजान सके अत्यन्त वैज्ञानिक सैद्धान्तिक आधार बन्ने छ ।

यस्तो बौद्धिक कार्य गर्न व्यक्तिगत लोभ लालच नराख्ने, गुटपरस्त नभएका विज्ञहरुलाई पनि जिम्मेवारी दिन सकिन्छ । यसले गर्दा नेकपाको दीर्घकालिन रणनीति र तात्कालिक कार्यनीति निर्माणमा ठूलो सघाउ पुग्दछ भन्ने मलाई लाग्दछ । कमरेड मदनले त्यतिबेला चाहेको माक्र्सवादको सिर्जनात्मक प्रयोग भनेको पनि यस्तै हो ।

मदन भण्डारीको जबज उत्पत्ति मात्रै होइन प्रचण्डपथको एक्काईसौं शताब्दीको जनवाद पछिको परिस्थिति यति विकसित भैसक्यो कि यसको उद्देश्य र परिभाषामा परिमार्जन नगरी नहुने भयो । त्यहि कार्यनीतिलाई अहिले पुनः एकीकृत भएको कम्युनिस्ट पार्टीले ‘जनताको जनवाद’ भनेर एकीकृत अवधारणा ल्याएको छ ।

नेपाली जनताले २००७ सालमा प्राप्त गर्नु पर्ने संविधान सभाको निर्वाचन झण्डै ६ दशकको संघर्षपछि प्राप्त गरे । त्यसमा पनि अहिले त इतिहासमा पहिलो पटक नेकपाको नेतृत्वमा नेपालमा बहुमतको निर्वाचित सरकार बनेको छ ।

यतिबेला पार्टीले काँचुली फेरेर एकीकृत कम्युनिस्ट आन्दोलन हाँक्नु परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकास गर्न समाजवाद उन्मुख संविधानलाई कार्यान्वयन गरेर परिस्कृत तुल्याउनु छ ।

जनताले निर्माण गरेको वर्तमान संविधानलाई कार्यान्वयन गर्न नेपालका कम्युनिस्टहरुले बहुमत प्राप्त गर्दागर्दै प्रमुख राजनीतिक दलसहित सबै लोकतान्त्रिक शक्तिहरुलाई सँगै लिएर जानुपर्ने अवस्था छ । यो कार्यभार पूरा गर्नु अहिलेका कम्युनिस्टहरुको दायित्वमा पर्दछ । यसरी मदन भण्डारीबाट प्रतिपादित जबजको नयाँ रुपान्तरित कार्यनीति जनताको जनवादी व्यवस्था स्थापना गर्न अझै बाँकी छ ।

मदनकुमार भण्डारीकै शब्द सापटी लिएर भन्ने हो भने कम्युनिस्टहरु जडसूत्रवादी बन्न सक्ैेनन् न त दक्षिणपन्थी विसर्जनवादको शिकार भएर क्रान्तिकारी झण्डा दफनाउन चाहन्छन् । जनताको जनवादलाई कार्यनीति बनाउने हो भने नेपाल कम्युनिस्ट पार्टी विचारका आधारमा अग्रगामी र कार्यनीतिका आधारमा प्रगतिशील बनाउनु पर्दछ ।

पुरानो नीति, कार्यक्रम, सत्ता संचालनको कार्यशैलीले परिवर्तनको अनुभूति जनतालाई दिन सकिन्न । यतिबेला न हिजोको माओवादीको क्रान्तिकारी लफ्फाजी न त एमालेको बाजेपनको नीति, कार्यक्रमले काम गर्दछ । त्यसैले उनीहरु दुबैले भन्दै आएको बहुदलीय जनवाद र एक्काइसौ शताब्दीको जनवादको फ्युजन जनताको जनवाद पार्टीको कार्यनीति बनेको पुष्टी हुन्छ ।

अहिले सशस्त्र संघर्ष र शान्तिपूर्ण जन–आन्दोलको फ्युजन, कम्युनिस्ट आन्दोलनको चरित्र बुझेको कार्यकारी अध्यक्ष जस्तो नेतृत्वमा प्रचण्ड हुनुहुन्छ । हामीले आशा र विश्वास गर्ने हो भने उहाँको नेतृत्वमा आम नेता कार्यकर्ता गोलबन्द हँुदै नेपाल कम्युनिस्ट पार्टीको सामूहिक नेतृत्वले कमरेड मदन भण्डारीले परिकल्पना गरेको जबजको परिस्कृत रुप समाजवाद उन्मुख ‘जनताको जनवाद’ स्थापना गर्नेछ ।

यो पनि भन्न सकिन्छ कि नेपालमा समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्था कार्यान्वयन गर्न आवश्यक परे क्रान्तिकारी कदम चाल्नका लागि पार्टी र सरकारको सबै हकदार अहिलेको युवा नेतृत्वलाई बनाउनु पर्दछ । यो नै कमरेड मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली हुने छ । आउनु होस, यसै विषयमा सबै बुद्धिजिवीहरुले छलफल गरौं ।

(लेखक प्रेस स्वतन्त्रता सेनानी तथा सामाजिक अभियन्ता हुनुहुन्छ)

तपाईको प्रतिक्रिया