लेखनाथका ४ वडामा बोरिङको पानी वितरण गर्ने तयारी, २ महिना महशुल नलिइने

रामशरण नेपाली, लेखनाथ
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पहिलो सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाका उपभोक्तालाई धारा वितरण कार्य शुरु गरेको छ ।
पोखरा–२६ भवानीकालिका मावि स्थित बोरिङबाट निकालिएको पानीलाई १ हजार १ सय ९४ मिटर उचाइमा लिफ्ट गरी ४ वटा ट्याङ्कीमार्फत पोखरा २६, २७, २८ र ३१ नं. वडाका पहाडी बेल्टमा पानी वितरण गर्न लागिएको हो ।
पहिलो चरणमा बिहिबारबाट शुरु गरिएको धारा वितरणबाट ७ सय बढी घरपरिवार लाभान्वित हुनेछन् । धारा जडानपछि २ महिना परीक्षण अवधि रहने र यस अवधिमा पानीको महशुल नलिइने लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
आयोजनाअन्र्तगत पूर्वमा लामास्वारा, पश्चिममा टाईगर टप, दक्षिणमा अर्चले र साविक लेखनाथको वडा नं.५ का भागमा करिब २५ सय घरधुरीका उपभोक्ताहरुलाई सहज रुपमा खानेपानी वितरण गर्ने संस्थाको उदेश्य रहेको अध्यक्ष बरालले बताए ।
धारा जडानको लागि पोखरा–२६ पिपलसारेमा रहेको कार्यालयमा अन्तिम किस्ता बुझाउन सकिने र जडानका सामग्रीहरु उपलब्ध हुने गरी व्यवस्थापन मिलाईएको संस्थाले जनाएको छ ।
२०७४ साल असार २८ गतेबाट सुरु भएको आयोजना अन्तिम चरणमा रहेको र ९५ प्रतिशत काम पुरा भएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी रहेको सह–लगानी आयोजनामा पुर्व सांसद यज्ञबहादुर थापा र हालका संघीय सांसद खगराज अधिकारीले सांसद विकास कोषमार्फत सहयोग गरेका छन् ।
आयोजना सञ्चालनमा आउँदा उपभोक्ताहरुले प्रतिव्यक्ती ७५ लिटरका दरले २४ सै घण्टा पानी उपभोग गर्न पाउने लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ । धारा वितरण शुभारम्भ कार्यक्रममा संघीय कार्यालयका इञ्जिनियर कुलप्रसाद पौडेलले खानेपानीको लागि प्रयोग गरिने विद्युत महशुलमा राज्यले सहुलियत दिनुपर्ने बताए ।
यस्तै लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझाले ग्रामिण क्षेत्रमा रहेको पानीको समस्यालाई सम्बोधन गरेकोमा संस्थालाई आभार व्यक्त गरे । संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मुरारी शर्माले गरेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया