लकडाउनकाे अर्काे किस्ता जेठ २० सम्म

समाधान संवाददाता २०७७ जेठ ४ गते २०:४५

काठमाडाै‌ं

लकडाउकाे अर्काे किस्ता जेठ २० गतेसम्मका लागि थपिएकाे छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्‍याउने निर्णय गरेकाे हाे ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।

Advertisement

त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया