सेनाका अवकाशप्राप्त उपरथीसहित ९ जनालाई भ्रष्टाचारमा सजाय

समाधान संवाददाता २०७७ जेठ १७ गते ६:०८

काठमाडाैं

समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा एक अवकाशप्राप्त पाइलट उपरथीसहित ९ जनालाई सजाय सुनाउनुका साथै सचेत गराएको छ।

सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमिकमजोरी भएको भन्ने सम्बन्धमा छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको रायसहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालीन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादीहरुउपर भ्रष्टाचार अभियोगमा शुक्रबार फैसला सुनाइएको हो।

Advertisement

रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट तत्कालिन सैनिक हवाई महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) ले कानुनतस् पालना गर्नु पर्ने प्रकृया र दायित्व पूरा नगरी सैनिक ऐन, २०६३ अनुसार कसुर गरेको प्रमाणित भएकाले ५८ लाख ९५ हजार ५ सय ९० रुपैयाँ भ्रष्टाचार गरेकाले सोहीबराबर रकम असुलउपर गर्ने र नसिहत दिने फैसला भएको हो।

सोही मुद्दामा अन्य ८ अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरी सचेत गराउने गरी फैसला पनि भएको छ।

Advertisement

१ अधिकृत र ९ अन्य दर्जालाई अभियोग मागदावीबाट सफाइ पाउने गरी फैसला भएको छ।

तपाईको प्रतिक्रिया