पोखरामा मृत्यु भएकाको कोरोना नेगेटिभ

समाधान संवाददाता २०७७ जेठ १९ गते १९:३७

समाधान संवाददाता

भारतबाट आएर स्याङ्जामा क्वारेन्टाइनमा बसेका व्यक्तिको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको छ । मृत्युपछि उनको कोरोना भाइरस रोग कोभिड १९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई कोरोना भाइरस रोग नलागेको पुष्टि भएको छ ।

Advertisement

स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय खड्कबहादुर कार्कीको सोमबार बिहान मृत्यु भएको थियो । उनी भारतबाट आई क्वारेन्टिनमा बसी घर गएका थिए ।

क्वारेन्टाइनमा बसेर निस्कँदा लिइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको थियो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा ल्याउँदा ल्याउँदै उनको निधन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया