नेपालमा थप २८८ जनामा कोरोना, संक्रमित २०९९ पुगे
समाधान संवाददाता
२०७७ जेठ २० गते १७:२२

समाधान सवाददाता
नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २ सय ७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २ सय ८८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।
संक्रमण देखिएकामध्ये १९ सय ४९ जना पुरुष छन् भने जना १ सय ५० महिला रहेका छन्। प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया