बेहोश भएकी सुत्केरीको बागलुङबाट उद्धार, हेलिकोप्टरमार्फत पोखरा ल्याइयो

समाधान संवाददाता
१० दिनकी एक सुत्केरीलाई बागलुङबाट उपचारका लागि पोखरा ल्याइएको छ ।
बागलुङ बडिगाड गाउँपालिका १ की सरस्वती पोखरेल सुत्केरीभएको १० दिनपछि स्वास्थ्य अवस्थामा समस्या आई बेहोश भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयमार्फत हेलिकोप्टरबाट उद्धार गरिएको सामाजिक विकास मन्त्री नरदेवी पुनको सचिवालयले जनाएको छ ।
हाल सुत्केरी महिला र बच्चा चिकित्सकको निगरानीमा उपचार थालिएको छ ।
दुर्गम भेगका गर्भवती तथा सुत्केरी महिलालाई सुविधायुक्त अस्पतालसम्म ल्याइ उपचार गर्न हेलिकोप्टर मार्फत उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारको छ ।
आइतबार प्रदेश सरकारले नै म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ शिखकी गर्भवती अवस्थाकी नर्दिता गर्बुजालाई उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको थियो ।









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया