बेहोश भएकी सुत्केरीको बागलुङबाट उद्धार, हेलिकोप्टरमार्फत पोखरा ल्याइयो

समाधान संवाददाता
१० दिनकी एक सुत्केरीलाई बागलुङबाट उपचारका लागि पोखरा ल्याइएको छ ।
बागलुङ बडिगाड गाउँपालिका १ की सरस्वती पोखरेल सुत्केरीभएको १० दिनपछि स्वास्थ्य अवस्थामा समस्या आई बेहोश भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयमार्फत हेलिकोप्टरबाट उद्धार गरिएको सामाजिक विकास मन्त्री नरदेवी पुनको सचिवालयले जनाएको छ ।
हाल सुत्केरी महिला र बच्चा चिकित्सकको निगरानीमा उपचार थालिएको छ ।
दुर्गम भेगका गर्भवती तथा सुत्केरी महिलालाई सुविधायुक्त अस्पतालसम्म ल्याइ उपचार गर्न हेलिकोप्टर मार्फत उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारको छ ।
आइतबार प्रदेश सरकारले नै म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ शिखकी गर्भवती अवस्थाकी नर्दिता गर्बुजालाई उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको थियो ।
तपाईको प्रतिक्रिया