बाजुराकाे क्वारेन्टिनमा एकको मृत्यु
समाधान संवाददाता
२०७७ जेठ २४ गते १२:००
बाजुरा, २४ जेठ (रासस)
खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।
यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उनकाे मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।
झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया