गाडी दुर्घटनामा गाउँपालिका अध्यक्षकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ ३२ गते १३:०९

परासी

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ ।

आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम परासी गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।

Advertisement

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैले चलाएको प्रहरीले जनाएको छ । साइकलयात्रीलाई जोगाउन खोज्दा कल्भर्टमा गाडी ठोक्किएर दुर्घटना भएको थियो ।

गाडीले च्यापिएका उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया