म्याच फिक्सिङको आरोप लागेका ६ फुटबलरले सफाई पाए

समाधान संवाददाता २०७७ असार २ गते १८:४२

समाधान संवाददाता

म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइसर्वोच्च अदालतले सफाइ दिएको छ।

न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठ इजलाशले विशेष अदालतले २०७५ जेठमा सफाइ दिने फैसलालाई मंगलबार सदर गरेको हो।

Advertisement

सागर थापा लगायतलाई विशेष अदालतले सफाइ दिएको थियो। त्यसका विरूद्ध सरकारी वकिलले पुनरावेदन दिएको थियो,ु सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले भने, ुसरकारी वकिलको दाबी पुग्न नसकेको भन्दै इजलासले विशेष अदालतकै फैसला सदर गरेपछि खेलाडीले सफाइ पाए।ु

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया