राष्ट्रिय अनलाइन वक्तृत्वकलाको पहिलो चरणबाट २० जना छनोट

समाधान संवाददाता २०७७ असार २ गते २०:५४

समाधान संवाददाता
पोखरा

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा आयोजित राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको अडिसन राउन्ड सकिएको छ ।

१० दिनदेखि जुम एपमार्फत भएको प्रतियोगितामा देशभरका सामुदायिक विद्यालयका ९७ विद्यार्थीमध्येबाट २० जना विद्यार्थी अर्को चरणका लागि छानिएका छन् ।
जसमा आकृति पौडेल पर्वत, आस्था अनिरन्जित बस्ताकोटी नवलपरासी, अन्जिता ओझा कास्की, अन्जु खड्का काठमाडौं, अपेक्षा अधिकारी कास्की, भूमिका पौडेल कास्की, विक्रम गिरी नवलपरासी, दीपा तामाङ रसुवा, धीरेन्द्र सापकोटा सुर्खेत, दीपशिखा भण्डारी बाँके, हरिकला अधिकारी बर्दिया, कबु खड्का कास्की, प्रशान चाम्लागाइँ इलाम, प्रश्ना सुवेदी बर्दिया, रोजिना खत्री कास्की, सुदीक्षा ढकाल पाल्पा, सन्दिप थापा पाल्पा, श्रद्धा पौडेल तनहुँ, सुवास अधिकारी कास्की र समिका गौतम कास्की छनौट भएका हुन् ।

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले अबको प्रतिस्पर्धा झन् कडा हुने हुँदा गहन तवरले तयारी गर्न दोस्रो चरणमा प्रवेश गरेका विद्यार्थीहरुलाई आग्रह गरे ।

उनले यही चरणमा सीमित भएका विद्यार्थीहरुको प्रस्तति राम्रो हुँदाहुँदै पनि राम्रा राम्राबाट उत्कृष्ट छान्नुपर्ने हुनाले सबै प्रतिस्पर्धी विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गरे ।
प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल, नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका कोषाध्यक्ष शिवहरि सुवेदी रहेको निर्णायक टिमले छनौट गरेको हो ।

Advertisement

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई, १५ हजार, तेस्रो हुनेलाई १० हजार, ७ जनालाई २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक तीर्थराज ढकालले जानकारी दिए ।

समृद्ध नेपाल सुखी नेपाली र नेपालको समृद्धिका लागि व्यावसायिक कृषि गरी २ शीर्षकमा हुने वक्तृत्वकलाको सेमीफाइनल राउन्ड असार र ३ गते बिहान ७.३० बजे जुम एपमार्फत् नै हुने प्रविधि संयोजक दामोदर तिमिल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया