दलितको बजेट कहाँ खर्च भयो ?

समाधान संवाददाता २०७७ असार ५ गते ७:५०

लक्ष्मी सुनार

कोरोना महामारीको बेला प्रदेश सरकारले निकै मेहनतका साथ बजेट ल्याएको छ । स्वास्थ्य क्षेत्रमा केन्द्रित भए पनि अरु धेरै विषयलाई समेत यसले समेटेको छ प्रदेशवासीको भावनालाई यो बजेटले पूरा गर्न सक्छ भन्ने लागेको छ । तर यसमा धेरै सुधार पनि जरुरी छ ।

अहिले धेरै ठाउँमा क्वारेन्टाइन राम्रो नभएका गुनासो आएको छ । महिलाहरु सामूहिक बलात्कारको सिकार बन्न वाध्य छन् । क्वारेन्टाइन राम्रो नभएकै कारण कति मानिसहरु भागेका छन् । मनोपरामर्श नहुँदा आत्महत्या समेत बढ्को छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।

कृषि प्राथमिकतामा परे पनि किसानले कृषिमा सयममै मलबिउ पाउन सकिएको छैन । बेरोजगारलाई तालिम दिएर उनीहरुको उत्पादनको बजार सुनिश्चिच सरकारले गरिदिनुपर्छ । महिला, दलितका लागि सम्बोधन त भएको छ । तर शीर्षक छुट्याएर आएको भए हुन्थ्यो । गत वर्ष दलितका नाममा १ करोड छुट्याइएको थियो । तर कहाँ खर्च भयो केही थाहा पाइएन ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद सुनारले बिहीबार व्यक्त गरेको विचार

तपाईको प्रतिक्रिया