विपन्न उपचार कोष प्रबन्ध होस

समाधान संवाददाता २०७७ असार ६ गते ७:२६

जूनादेवी नेपाली

विषम परिस्थितिमा आएको बजेट जनताको हितमा छ । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीलाई धन्यवाद दिन चाहन्छु । बजेटको पूर्ण समर्थन गर्दछु । यति बेला हात धुन कोरोनाले सिकायो । दिमाग धुन केले सिकाउँछ । म चिन्तन गरिरहेकी छु ।

म मात्रै राम्रो नभन्ने र हामी सबैको अस्तित्व स्वीकार्ने वातावरण सिर्जना हुने विश्वास गर्न चाहन्छु । लक्षित कार्यक्रममा बजेट निर्दिष्ट गरेर नआउनुचाहिँ बजेटको दुखदायी छ । बजेटमा निर्दिष्ट कार्यक्रम छिटो गर्न नतिजामूलक कार्यसम्पदान गर्न अझै जोड दिनुपर्ने देखेकी छु । बाधा अड्चन सुधार हुने कुरामा विश्वस्त छु ।

Advertisement

विपन्न वर्गको उपचार खर्च व्यवस्था गरिएको थियो । त्यो माग्दा माग्दा बिरामी मरेर जाने अवस्था सिर्जना भएको छ । आगामी दिनमा त्यो अवस्था हटेर जाने विश्वास गर्छु । जुन अस्पतालमा उपचार हुन्छ, त्यही उपचारको खर्च उपलब्ध गराउन माग गर्छु ।

गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा शुक्रबार नेकपा सांसद नेपालीले राखेकाे विचार।

Advertisement

तपाईको प्रतिक्रिया