ब्राइटनसंग आर्सनल पराजित

एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । घर बाहिरको मैदानमा भएको खेलमा इन्जुरी समयको गोलले आर्सनल कमजोर मानिएको प्रतिद्वन्दी ब्राइटनसँग पराजित भएको हो ।
घरेलु टोली ब्राइटन सुरुमा पछि परेर पनि २–१ को जित निकाल्न सफल भयो । पहिलो हाफमा दुवै तर्फबाट गोल नभएको खेलमा ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरे ।
७५ औँ मिनेटमा लुइस डंकले ब्राइटनका लागि बराबरी गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा निल माउपेले गोल गरेपछि ब्राइटन विजयी भयो ।
जितपति १५ औँ स्थानको ब्राइटनको ३० खेलबाट ३२ अंक भएको छ । १० औँ स्थानमा रहेको आर्सनलको ३० खेलबाट ४० अंक छ ।
लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा वुल्भ्सले वेष्ट ह्याम तथा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई समान २–० ले हरा एभने लेस्टर सिटी र वाट्फोर्डले १–१ को बराबरी खेलेका छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया