ब्राइटनसंग आर्सनल पराजित
एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । घर बाहिरको मैदानमा भएको खेलमा इन्जुरी समयको गोलले आर्सनल कमजोर मानिएको प्रतिद्वन्दी ब्राइटनसँग पराजित भएको हो ।
घरेलु टोली ब्राइटन सुरुमा पछि परेर पनि २–१ को जित निकाल्न सफल भयो । पहिलो हाफमा दुवै तर्फबाट गोल नभएको खेलमा ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरे ।
७५ औँ मिनेटमा लुइस डंकले ब्राइटनका लागि बराबरी गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा निल माउपेले गोल गरेपछि ब्राइटन विजयी भयो ।
जितपति १५ औँ स्थानको ब्राइटनको ३० खेलबाट ३२ अंक भएको छ । १० औँ स्थानमा रहेको आर्सनलको ३० खेलबाट ४० अंक छ ।
लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा वुल्भ्सले वेष्ट ह्याम तथा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई समान २–० ले हरा एभने लेस्टर सिटी र वाट्फोर्डले १–१ को बराबरी खेलेका छन् ।
तपाईको प्रतिक्रिया