प्रदेश सरकार वडा कार्यालयजस्तो हो ?

प्रकाशचन्द्र दवाडी
मालदिभ्स, दुबई कतारबाट नेपाल ल्याइयो । गण्डकी प्रदेशबाट छुट्याइएको बजेटजस्तै असरल्ल भएको छ । पिसिआर गर्दा १६ हजार लाग्छ रे । ४ हजारको कोठामा राखिएको छ । गोरखाका महेश अधिकारी अलपत्र पर्नु भएको छ । यसतर्फ ध्यान जाओस सरकारको ।
बजेटपछि राम्रो किताब आयो जस्तो लागेको थियाो । ढोकाबाट, झ्यालबाट आउलाजस्तो लागेको थियो । तर योजना पकेटबाट आयो । यसबाट सांसदहरुको भावनाप्रति कुठाराघात भएको छ ।
हामीले सोधेको जिज्ञाशामा अर्थमन्त्रीले यो अवस्था असोजसम्मका लागि हो भन्नु भएको थियो । किताब पढेपछि यो योजना असोजका लागि मात्र हो । त्यसपछि फेरि अर्को किताब आउला कि झैं लागेको छ ।
गण्डकी सरकार १२, १४ २० हजार वितरणमा लागेको छ । किताब हेरें त्यस्तो त हैन कि झैं लाग्यो । फेरी हेरें रैछ । त्यसपछि दिक्का मानेर सुतें । प्रदेश त अहिले वडा कार्यालय जस्तो लागेको छ । यसरी विकासको सम्भावना छैन ।
मध्यमकालीन खर्च संरचना अनुसार ४३ अर्र्बको बजेट आउनेवाला थियो । ३४ अर्र्बको आयो । मन्त्रीको जवाफमा ३८ करोडको आउने भनिएको थियो, कोरोनाका कारण ३४ अर्बको आयो भनियो । मध्यमकालीन खर्च संरचनाको प्रक्षेपण कहिले फेरियो ? प्रस्ट जवाफ चाहियो ।
एकजना संघका पूर्वमन्त्रीले हेप्नी भन्नुभएको थियो, यहाँ ढाँट्नी भन्नुपर्ने अवस्था आएको छ । तथ्यांक फेर्न पाइँदैन, राम्रोसँग हेर्नुपर्छ । प्रतिपक्षले शालीन रुपमा सुझाव दिइन्छ । तर पालना हुँदैन ।
यहाँ कालापानी र लिम्पियाधुराको कुरा गरिरहँदा गोरखाको चुमनुब्रीस्थित रुइलाको १ सय ७० घर धुरी चाइनाले लगिसक्यो । मुस्ताङको केही भाग पनि चाइनाले लगिसक्यो । यसमा सरकारको ध्यान दिनुपर्यो । हामीले सोधेका कुराको सदनमा प्रस्ट जवाफ चाहान्छौ । योजना कार्यान्वयनका लागि ३ महिनाभित्र कार्यविधि आउनुपर्यो ।
गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार कांग्रेस सांसद दवाडीले राखेकाे विचार









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया