गण्डकी विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

समाधान संवाददाता, पोखरा
गण्डकी विकास बैंक लिमिटेड हेमजा शाखाले पोखरा २५ स्थित विष्णुपादुका माविलाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक वासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, कर्मचारीहरुको टोलीले विद्यालयका प्रध्यानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यलाई उक्त सामग्री हस्तान्तरण गरे ।
सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विद्यालयलाई कम्प्युटर उपलब्ध गराइएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । विद्यालयलाई प्राप्त सहयोगबाट विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रध्यानाध्यापक दीपकराज पौडेलले सुनाए ।
केही साताभित्रमा नै गण्डकी विकास बैंक र मेगा बैंक मर्ज हुँदै छन् । त्यसपछि पनि समुदायप्रतिको जिम्मेवारी निरन्तर निर्वाह गरिरहने सञ्चालक वासुदेव त्रिपाठीले बताए ।
हेमजा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत लाम्पाटाबासीका लागि खानेपानी ट्याङ्की सहयाेग गरेको थियो । याम्दीस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला वितरण गरिएको शाखाले जनाएको छ । सामाजिक उत्तरदायित्वको क्षेत्रमा बैंक सदैव सक्रिय रहेको शाखाका कर्जा प्रमुख ईश्वर अधिकारीले बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया