रणनीतिक महत्वका योजना छुटे

समाधान संवाददाता २०७७ असार १० गते ६:०१

गायत्री गुरुङ
कास्की/नेकपा


कोभिड १९ को महामारी छ । माननीय मन्त्रीहरुकाे धेरै मेहनतबाट बजेट आएको छ उहाँहरुलाई धेरै धन्यवाद । संघीयताको अभ्यासमा छौं । सातवटै प्रदेशमा अब्बल बनाउने उद्देश्यका साथ अगाडि बढाउने प्रतिबद्धतामा छौं । सबै माननीयको सुझावलाई अवलम्बन गर्ने हो भने त्यो सफलतामा पुग्न सक्छौं ।

हामीसँग संरचना थिएन, नीति थिएन, नाम थिएन, राजधानी थिएन । प्रतिपक्ष भनेनौ, सत्ता पक्ष भनेनौं एकमना साथ यी सबै काम हामीले ग¥यौं । प्रदेशका मन्त्रीको नियतमा खोट देखेको छैन । गल्ती भएका छन् भने सुधारका पाटा छन् ।

Advertisement

नेतृत्वले सबैलाई एकीकृत गरेर अभिव्यक्त गर्छ । मुख्यमन्त्रीबाट त्यो काम हुँदै आएको छ । प्रदेशलाई समृद्ध बनाउन जुन बजेट विनियोजन गरिएको छ, त्यो ठीक छ ।

बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रममा प्रशस्त छलफल गरेर त्यही आधारमा बजेट आएको छ । रणनीतिक महत्वका सडक, आधारभूत खानेपानी, १ घर १ धाराको राम्रा कार्यक्रम आएका छन् । प्राथमिकता पहिचान गरेर कार्यक्रम आएका छन् । नीति तथा योजना आयोगले सरकारको उद्देश्य अनुसार काम गर्दै आएको छ ।

Advertisement

बजेटको कार्यान्वयन पक्ष फितलो किन भयो ? मन्त्रीको समस्या हो कि कर्मचारी या मौजुदा कानुन केमा समस्या हो, पहिचान गरिनुपर्छ । रणनीतिक महत्वका योजना छुटेका छन् । थप गर्नुपर्छ । पहुँचका आधारमा योजना छनोट भएको छ भने सुधार गर्नुपर्छ । समानुपातिक भएन भने पनि सुधार हुनुपर्छ ।

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार गुरुङले राखेकाे विचार

तपाईको प्रतिक्रिया