टिपाएका सबै योजना नपर्न सक्छन्

समाधान संवाददाता २०७७ असार १० गते ६:२३

पुष्पा केसी भण्डारी
कास्की/नेकपा

प्रदेश विकास प्राधिकरण, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम निकै महत्वपूर्ण छन् । अर्थ मन्त्रालयको बजेटमा तालिम, गोष्ठी, सेमिनारमा बजेट धेरै भयो भनिएको छ । तालिम भएन भने प्रविधि प्रसार हुन सक्दैन । प्रोजेक्ट बैंक अत्यन्त आवश्यक छ । भौतिक पूर्वाधारको विकास बिना अरु विकास ओझेल पर्छन् । मुस्ताङको स्याउ बाटो भएरै पोखरा आएको हुन्छ । पोखराको खाद्यान्न बाटोबाटै मनाङ पुर्‍याउने हो ।

कति हामीले टिपाएको योजना बजेट किताबमा नपर्न सक्छ । नपर्दा दुख लाग्नुपर्छ । जनप्रतिनिधिको सिफारिसबाट मात्र नभइ तल्लो तहको सिफारिसमा आएको हुने भएकाले जस्तोको तस्तै योजना नपर्न सक्छ । यसलाई सामान्य रुपमा लिनुपर्छ ।

Advertisement

मन साँघुरो पार्नु मन्त्री र मन्त्रालयको रहन हैन होला । बजेटको सिलिङमा रहेर योजना समावेश गर्नु पर्ने वाध्यतामा हुनुहुन्छ । १ सय ५४ पेजको कितावमा आएका योजनाले प्रदेशलाई उच्च बनाउने छ ।

प्रदेश लोक सेवा आयोग गठन भएको छ । मुख्य न्यायाधिवक्ताले अझ प्रभावकारी काम गर्ने छ । नीति तथा योजना आयोगले स्थितिपत्र र प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेर इतिहास कायम गरेको छ ।

Advertisement

गण्डकी प्रदेश सभामा विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा मंगलबार सांसद भण्डारीले राखेकाे विचार

तपाईको प्रतिक्रिया