सडक कनेक्टिभिटीमा महानगरले छुट्टायो ६५ करोड ४४ लाख

समाधान संवाददाता २०७७ असार १० गते १७:४४

समाधान संवादाता, पोखरा

पोखरा महानगरपालिकाका ३३ वटै वडालाई पोखरा केन्द्रसम्म जोड्न निर्माणाधीन सडक योजनालाई सम्पन्न गर्ने गरी आगामी आवमा ६५ करोड ४४ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

सहरी र पहाडी क्षेत्रका सडक कनक्टिभिटी सहज बनाउन उक्त बजेट विनियोजन गरेको उपमेयर मञ्जुदेवी गुरुङले बताइन् ।

Advertisement

महानगरका जनप्रतिनिधि चुनिएर आएपछि उक्त योजनालाई प्राथमिकताका साथ बजेट विनियोजन हुँदै आएको छ ।

आगामी आवमा पनि योजनालाई उच्च प्राथमिकता दिँदै सम्पन्न गर्नका लागि उक्त बजेट विनियोजन गरेको उपमेयर गुरुङले सुनाइन् ।

Advertisement

महानगरले आगामी आव २०७७।०७८ का लागि पूर्वाधारतर्फ विनियोजन गरेको बजेट यस्तो छ ।

१) महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा संचालनमा रहेका योजना सम्पन्न गर्नका लागि ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट विनियोजन गरेको छु ।

२) चालु आवमा काम सुरु गरिएका मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला, स्याङखुदी खोला, बगादी खोला र सिर्जनाचोकको आकाशे पुललाई सम्पन्न गर्नका लागि यस आवमा समेत निरन्तरता दिँदै चालु पुल तर्फका योजनाका लागि १३ करोड ५० लाख ४२ हजार बिनियोजन गरेको छु । वडा न. ३० र ३२ जोड्ने ओर्लाङ खोला पुल, वडा न १४ र १५ जोड्ने कल्भर्ट, वडा न १० र १५ जोड्ने कल्भर्ट, वडा न ५र ८ जोड्ने कल्भर्ट निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

३) वडा कार्यालयलाई अत्यावश्यक सेवा सञ्चालन गर्न सहज हुने गरी यस आवमा निर्माण सुरु गरिएका ७ वटा वडाका कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि चालु भवन तर्फको योजनाको लागि ६ करोड ११ लाख विनियोजन गरेको छु । आगामी आवमा वडा कार्यालय भवन निर्माण, कोरोना संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन भवन निर्माणका लागि जिल्ला समन्वय समिति सगँको सहकार्यमा कार्यक्रम संचालनका लागि १० करोड रुपंैयाँ विनियोजन गरेको छु । यस आवमा जग्गा व्यवस्थापन गरी महानगरपालिका भवन निर्माणको कार्यलाई अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु ।

४) सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पोखरा महेन्द्रपुलमा ट्राफिक लाइटको निर्माण गर्न बोलपत्र आव्हान भइसकेको छ । महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सबवे संरचना निर्माण, अध्ययन डिजाइनको कार्यलाइ अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु । अन्य दुई स्थानमा ट्राफिक बत्ती राख्नको लागि थप बजेट व्यवस्था गरेको छु । शान्तिनगर चोकमा नमुनाको रुपमा राखिएको पैदलयात्री ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याइने छ ।

५) गत वर्षदेखि सञ्चालित उज्यालो पोखरा कार्यक्रम अन्तर्गत सडक बत्तीलाई मर्मत कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइने छ । स्मार्ट सडक बत्ती व्यवस्थापनको डिपिआर तयार गर्ने कार्य सम्पन्न भएको र डिपिआर अनुसार नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम गर्न २ करोड रुपैंयाँ विनियोजन गरेको छु ।

६) पोखराको सिद्धार्थचोकदेखि साँघुको मुख सम्मको सडक सौन्दर्यकरण कार्यक्रमलाई निरन्तरता दिँदै महेन्द्रपुलमा लिफ्ट सहितको आकाशेपुल निर्माण सुरु गर्न १ करोड ४० लाख बजेट बिनियोजन गरेको छु ।

७) मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्य निरन्तरताका लागि १४ करोड ३८ लाख ३३ हजार विनियोजन गरेको छु ।

८) पोखरा वडा न १७ को आरटिओं सडक स्तरोन्नति निरन्तरताका लागि ७ करोड ३६ लाख १३ हजार विनियोजन गरेको छु । जाल्पा मार्ग,जरेबर धारापानी सडकलाई नमुना सडकका रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।

९) लेक टु लेक केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षण अनुसार कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
१०) महानगरस्तरीय क्रमागत योजनाहरुलाई आगामी आ.व. मा निरन्तरता दिनुको साथै सडक मर्मत सम्भार कोष सञ्चालनको व्यवस्था मिलाएको छु ।

११) पोखरा बसपार्क व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा लामे आहालमा क्षेत्रीय बसपार्क निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

१२) महानगर भित्र सञ्चालित आयोजनाको गुणस्तर कायम राख्न गुणस्तर मापन प्रयोगशाला सञ्चालन निरन्तरताको व्यवस्था मिलाएको छु ।

१३) वडा न ३२ मा कोत्रेमा एकीकृत (शान्ति सुरक्षा, स्वास्थ्य, पैठारी निकासी विवरण, सूचना प्रविधि, राजश्व) डिजिटल प्रवेशद्वार प्रणाली जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु । पोखरा ३२ मजुवामा पार्क निर्माणको डिपिआर तयार भइसकेकाले निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट व्यवस्था गरेको छु ।

१४) विजयपुर माझठाना सडक, पामे घाटीछिना सडक, मणिपाल ¥यालेचौर सडक ,कालिकाचोक थुम सडक निर्माणका लागि समपुरक साझेदारीको लागि १२ करोड विनियोजन गरेको छु । तालचोक बेगनास सडक निर्माणको लागि विश्व बैकको साझेदारीमा नेपाल सरकार शसर्त अन्तर्गत २५ करोड ३९ लाखको आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।

१५) ३३ वटै वडाहरुमा वडास्तरीय विकास निर्माणका कार्यक्रमका लागि २३ करोड १० लाख बजेट विनियोजन गरेको छु ।

१६) संघ सरकारसँगको साझेदारीमा ९ वटा ब्यवस्थित स्वास्थ्य चौकि निर्माण गर्नका लागि आवश्यक ब्यवस्था मिलाएको छु ।

१७) पोखरा सभागृह मर्मत सम्भार गर्न ३ करोड बजेट विनियोजन गरेको छु । निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणलाई आवश्यक प्रक्रिया अगाडि बढाउन बजेट व्यवस्था गरेको छु ।

१८) पूर्वाधार तर्फका योजनामा संघीय र प्रदेश अनुदानबाट ५१ करोड ६९ लाख र आन्तरीक स्रोतबाट २ अर्ब २१ करोड ७१ लाख गरी २ अर्ब ७३ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।

हामी बनाउँछौ हाम्रो महानगर

हामी बनाउछौ हाम्रो महानगर अन्र्तगत सडक निर्माण, खानेपानी लाइन विस्तार, तथा बहुउेद्दश्यीय भवन निर्माणका लागि जनसहभागीता सहित कार्यक्रम सञ्चालन गर्न रु २० करोड बिनियोजन गरेको छु ।

तपाईको प्रतिक्रिया