कोरोनाबाट थप १ को मृत्यु, मृतकको संंख्या २६ पुग्यो
समाधान संवाददाता
२०७७ असार ११ गते १६:१६
समाधान संवाददाता
कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ललितपुरको पाटन अस्पतालमा विहीबार एक कोरोना संक्रमितको मृत्यु भएको हो । बुधबार पोखरामा एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा चितवन स्थायी घर भएका ४९ वर्षीय पुरुष रहेको पाटन अस्पताल श्रोतले बताएको छ । उनी मृगौलाका रोगी थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया