बाबुराम गिरीलाई महासंघकाे केन्द्रीय सदस्यमा उठाउने निर्णय
समाधान संवाददाता
२०७७ असार १८ गते ६:०७
पाेखरा
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीलाई प्रदेश केन्द्रीय सदस्य पदमा उठाइने भएको छ ।
संघको बुधबार बसेको १२ औं कार्यसमितिको बैठकले २०७७ साउन २६ र २७ गते काठमाडौंमा हुने महाधिवेशनमा गिरीलाई गण्डकी प्रदेश प्रतिनिधि केन्द्रीय सदस्य उठाउने निर्णय गरेको हो ।
जन्मथलो स्याङ्जा भई गिरी व्यावसायिक रुपमा विगत २ दशकदेखि लेखनाथ क्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्दै सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
२०७०/७२ मा लेउवासंघको अध्यक्ष भएका गिरी नेपाल उद्योग वाणिज्य महासंघमा अघिल्लो कार्यकाल मेला समिति सदस्यको रुपमा रहेर काम गरेका थिए । गिरी लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ सल्लाकार छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया