५ लाख पूजा खर्च मिस्टेक हाे : मुख्यमन्त्री गुरुङ
समाधान संवाददाता
२०७७ असार १८ गते १६:३६

पाेखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाडीकाे पूजा खर्चका लागि पूजा खर्च ५ लाख बजेटमा गल्तीवश प्रिन्ट भएकाे बताएका छन् ।
विनियाेजन विधेयकमाथि उठेका प्रश्नकाे जवाफ दिने क्रममा मुख्यमन्त्री गुरुङले भने, २ जना माननीयले कुरा उठाउनु भयो । साँच्ची नै त्यो हाँस्यास्पद थियो ।
तर त्यो ५ लाख बजेट भन्ने मिस्टेकचाहिँ मिस्टेक हो
मुख्यमन्त्री निवासमा झण्डा थोत्रो भएपछि आर्मीलाई फेर भन्दा पूजा गर्ने चलन रहेकाे बताएकाे उनले सदनमा उल्लेख गरे । उनले भने, झण्डा फेर्दा पूजा गर्ने परम्परा रहेछ । अझ बोको काट्ने रहेछ । मैले बोका नकाटौं भनें ।
विभिन्न कार्यालयहरुमा पूजाका लागि पोहोर २७ हजार खर्च भएको पनि उनले बताए । उनले भने, ५ लाख खर्च हुने होइन । अलिअलि खर्च हुँदोचाहिँ रहेछ । नयाँ गाडी किनेपछि पनि विश्वकर्मा पूजा गर्ने भन्ने हुँदोरहेछ ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया