उपल्लो मुस्ताङमा खेलकुद रौनक, उदयश्री फुटबल र भलिबल च्याम्पियन

समाधान संवाददाता २०७७ साउन २७ गते ६:५४

एसके थकाली
जाोमसोम

उपल्लो मुस्ताङको खेलकुद क्षेत्रको विकास तथा त्यसको प्रर्वद्धनका लागि आयोजना भएको दोश्रो लो—छ्योग्यल झिग्मे मेमोरिलय कप प्रतियोगिता सोमबार संम्पन्न भएको छ । साउन १७ गते देखि १० सम्म जारी प्रतियोगिताको फुटबल र भलिबल खेलको दुवै उपाधि लोघेकर दामोदरकुण्ड गाउँपालिका—३ घिलिङको उदयश्री युथ क्लबले जित्दै च्याम्पियन बनेको हो ।

समुद्री सतहदेखि करिव ५५ सय मिटर माथिको लोमान्थाङ गाउपालिका—३ ठिङ्गर खेलमैदानमा भएको फुटबल खेलको फाइनल खेलमा उदयश्री युथ क्लब घिलिङले स्नोल्यान्ड युथ क्लब फुवालाई टाइब्रेकरमा ८—६ गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । निर्धारित ९० मिनेटको खेलमा दुवै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । यसपछि थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल हुन नसक्दा प्रतियोगिता टाइब्रेकरमा पुगेको थियो ।

Advertisement

भलिबलतर्फको खेलमा उदयश्रीले बुद्ध शान्ति युथ क्लब चराङलाई ३—१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्यो । फुटबलतर्फ च्याम्पियन बनेको उदयश्रीले ७५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा चित्त बुझाएको स्नोल्यान्ड युथ क्लब फुवाले नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पायो ।

यस्तै, भलिबलतर्फ च्याम्पियन बनेको उदयश्री युथ क्लब घिलिङले नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बुद्ध शान्ति युथ क्लब चराङले नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

Advertisement

उपल्लो मुस्ताङको लोछोदिन क्षेत्रका २ स्थानीय तहका विभिन्न युवा क्लब सम्मिलित प्रतियोगिताको फुटबल र भलिबल खेलमा कुल १४ टिमले सहभागिता जनाएको लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उपल्लो मुस्ताङको खेलकुद तथा सास्कृतिक विकास र त्यसको संरक्षण तथा प्रर्वद्धनमा जिग्मे फाउन्डेसनले महत्वपूर्ण योगदान पुर्‍याएको छ । खेलकुदकै विकासका माध्यमले लोछोदिन क्षेत्रका युवाहरुको प्रगाढ सम्बन्ध विस्तार गर्दै खेल जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसपटक दोस्रो संस्करणको प्रतियोगिता आयोजना भएको जनाइएको छ ।

जिग्मे मेमोरिलय कप प्रतियोगितामा विभिन्न अतिरिक्त खेल तथा विविध सास्कृतिक नृत्य समेत देखाइएको छ । प्रतियोगिताको दौरानमा हिमाली संस्कृति झल्किने गीत र नृत्य देखाइएको छ । खेलसँगै संस्कृति जाड्ने उद्देश्यले लोछोदिनका विभिन्न क्लवले सांस्कृतिक भेषभूषा प्रर्दशन गरे । यसपटक आयोजक लो—छ्योग्याल जिग्मे मेमोरियल कपका आयोजकले विश्वव्यापि माहामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस ( कोभिड—१९ ) को रोकथामका लागि सामाजिक दुरी कायम गरी प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।

यसअघि उपल्लो मुस्ताङमा जारी प्रतियोगिताको संघीय सांसद प्रेमप्रसाद तुलाचनले उद्घाटन गरेका थिए । उनले उपल्लो मुस्ताङलाई सांस्कृतिक हबको मात्र नभई खेलकुद हबको रुपमा समेत विकास गर्नुपर्ने जनाए । उनले उपल्लो मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक विस्तार भइरहेको र यहाँ हाइअल्टिच्युड खेलकुदको पर्याप्त संम्भावना भएको बताए । उपल्लो मुस्ताङको खेलकुद प्रवद्र्धनमा सक्दो प्रयास गर्ने सांसद तुलाचनको भनाइ छ ।

यस्तै, प्रतियोगिताको समापन समारोहमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्ट, लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल विष्ट लगायतको उपस्थित थिए । उनीहरुले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरे ।

तपाईको प्रतिक्रिया