सन्दिप राम्राे खेले तर टिम हार्याे

एजेन्सी
क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने उत्कृष्ठ प्रदर्शनका वावजुद उनकाे टिम विजयी हुन सकेन ।
सन्दिप सहितका बलरले राम्राे प्रदर्शन गरेपनि जमैकाका ब्याट्सम्यानले राम्राे खेल्न नसक्दा टिम लगाातार २ खेलमा पराजित भएकाे छ ।
सन्दिपले ४ अाेभर बलिङ गरेर ८ रन खर्चदै २ विकेट चट्काएका थिए । यो सन्दीपले अहिलेसम्म खेलेको विदेशी लिगहरुमा सबैभन्दा किफायती बलिङ हो । तर उनकाे प्रदर्शन हारकाकारण फिका बन्याे ।
सन्दीपसहित मुजिर उर रहेमान र कार्लोस ब्रेथवेइटको उत्कृष्ट बलिङ अनि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपनि जमैका गायना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।
उत्कृष्ट बलिङ गर्दै गायनलाई ११८ रनमा रोकेको जमैकाले रसेलको अर्धशतकका बाबजुत पनि सामान्य लक्ष्य पूरा गर्न सकेन ।
जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । रसेलले ३७ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै कप्तान रोभमन पावेलले २३ र असिफ अलीले १४ रन बनाए ।
गायनाका कप्तान क्रिस ग्रीनले ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गायाना ५ बल अगावै १८ रनमा अलआउट भएको थियो । गायनाको लागि ओपनर ब्राण्डन किंगले २९ रन बनाए । यस्तै चन्द्रपउल हेमराज र निकोलस पुरनले समान २१ रन जोडे ।
जमैकाका लागि मुजिव र ब्रेथवेइटले ३–३ विकेट लिए भने सन्दीपले किफायती बलिङ गर्दै २ विकेट लिए ।
मुजिवल ४ ओभरमा १८ रन खर्चिँदा ब्रेथवेइटले ३.१ ओभर बलिङ गर्दै १४ रन खर्चे ।
यस सिजन लगातार दोस्रो हार व्यहोरेको जमैका ३ खेलबाट २ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा छ । पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई पराजित गरेको जमैका दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग पराजित भएको थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया