याे फुटबल यस्तै हाे, सयाैं जितलाई एउटै हारले रुवाइदिन्छ

समाधान संवाददाता २०७७ भदौ ८ गते ८:५०

एजेन्सीकाे सहयाेगमा तयार

याे फुटबल भन्ने चिज नै यस्तै हाे । जति जित्याे, उति जितकाे अपेक्षा । पहिल्यै हार्‍याे भने कम अपेक्षा कम आलाेचना । जति जित्याे उति जित्ने महत्वाका‌क्षा ।

यस्तै महत्वाका‌क्षा र आत्म विश्वास पालेका थिए, फ्रान्सेली क्लब पिएसजीका स्टाइकर एव‌ं ब्राजिलियन स्टार नेयमारले । किर्तिमानी रकममा बार्सिलाेनाबाट स्थानान्तरण हुँदा क्बल र उनका फ्यानले पनि यही अपेक्षा गरेका थिए । साेही अनुसार उनी खेलेका पनि थिए र एक पछि अर्काे सफलता हात पार्दै थिए ।

Advertisement

तर आइतबार राती सबैभन्दा ठुलाे सफलता हात पार्ने सपना चकनाचुर भयाे । च्याम्पियन लिगकाे फाइनल खेलकाे अन्तिम ह्विस्ल बजेस‌ँगै नेयमार मुख छाेप्दै प्लेयर बक्ससम्म पुगे । त्यसपछि सम्हालिनै सकेनन् । भक्कानिए ।

चोटबाट निको भएर फर्किएपछिका खेलमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोलसँगै गोलका लागि गरेको सहयोगका कारण उनको चर्चा सकारात्मक रुपमा हुन थालेको थियो ।

Advertisement

विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेइमार मैदानमा देखिन थालेको बताइरहेका थिए । तर आइतबार रातिको महत्वपूर्ण खेलपछि नेइमारले आँसु थाम्न सकेनन् र फ्यानहरुले अनलाईनमा उनको खेल कौशलमाथि प्रश्न उठाउन थाले ।

च्याम्पियन्स लिग फुटबलको फाइनल आइतबार राति लिस्बोनमा भयो । उपाधि जित्ने होडमा रहेको बार्यनले १–० गाेल अन्तरले उपाधि जित्यो, नेइमार तथा केलिएन एमबाप्पेसहितको पिएसजीमा निराशा छायो ।

नेइमार र एमाबप्पे गोलका लागि प्रयास नगरेका होइनन्, तर उनीहरुको प्रयासले गोलको रुप लिन सकेन । बार्यन गोलरक्षक म्यानुएल नुयर समक्ष उनीहरुको केही लागेन ।

खेलपछि उत्साह र उत्वसमा थिए बार्यनका खेलाडीहरु । तर नेइमारले भक्कानिए, मन थाम्न सकेनन्, आँसु रोक्न सकेनन् । मैदानबाट बाहिरिने क्रममा नेइमारले रोकेको पीडाको बाँध फुट्यो, देखिने गरी रोए । सुनिने गरी नै रोए ।

नतिजाले टुटेका नेइमारलाई आँसु पुच्छन बार्यनका डिफेन्डर डेविड अल्बाले काँध दिए । बार्यनका प्रशिक्षक हान्सी फ्लिकले पनि नेइमारको पीडामा समभाव दर्शाए ।

खेलपछि अलिबेर नेइमारले दुःखसँग बिताए । स्टूलमा बसेर आँसु पुछे । बग्दै गरेको आँसुलाई लुकाउन प्रयास गरे पनि सकेनन्, मैदानको छेउमा बसेर रोए नेइमार ।

केही सम्हालिएका २७ वर्षका नेइमारले पछि ट्वीट गरेर जित जस्तै हार पनि खेलको एक हिस्सा भएको र आफूहरुले सक्दो प्रयास गरेको उल्लेख गरे । उनले भने, ‘हामी अन्तिमसँग लडिरह्यौँ । तपाईँहरु सबैलाई साथ र सहयोगका लागि धन्यवाद ।’

तपाईको प्रतिक्रिया