शेर्पा संघ युकेका अध्यक्षको कोरानाबाट निधन
समाधान संवाददाता
२०७७ भदौ ९ गते ७:१४

लण्डन
शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ ।
भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।
गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।
एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।
भूतपूर्व गोर्खा सैनिक शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन् । रासस
सम्बन्धित







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया