काेराेनाबाट बुटबल र ललितपुरमा १–१ जनाकाे मृत्यु

समाधान संवाददाता २०७७ भदौ ११ गते ९:०१

समाधान संवाददाता

काेराेना भाइरसकाे संक्रमणबाट थप २ जनाकाे ज्यान गएकाे छ ।

ललितपुरकाे पाटन अस्पतालकाे आइसियुमा उपचाररत ६५ वर्षीया महिलाकाे विहीबार विहान मृत्यु भएकाे हाे ।

Advertisement

त्यस्तै बुटबलकाे धागाे कारखानामा सञ्चालित काेराेना उपचार अस्पतालमा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषकाे बुधबार राती निधन भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या १७६ पुगेकाे छ । बुधबारमात्र ११ जनाले ज्यान गुमाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया