नायिका अनुश्का शर्मा गर्भवती
समाधान संवाददाता
२०७७ भदौ ११ गते १६:५५

एजेन्सी
बलिउड अभिनेत्री अनुश्का शर्मा गर्भवती भएकी छिन्। विहीवार अनुश्काले नै इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्।
श्रीमान तथा विराट कोहलीसँगको फोटो सेयर गर्दै लेखेकी छिन् : ‘अब हामी तीनजना हुने भएका छौं।‘ विराटले पनि सोही फोटो र क्याप्सन सेयर गरेका छन्।
अनुश्काले सन् २०२१ को जनवरीमा सन्तानलाई जन्म दिने जनाएकी छिन्।
यी दम्पतीले सन् २०१७ को डिसेम्बरमा विवाह गरेका हुन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया