कास्कीमा भोलिदेखि जोरबिजोर लागु

समाधान संवाददाता, पोखरा
कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
शनिबार देखि जाेर गते जाेर नम्बर भएका सवारी साधन र बिजाेर बार बिजाेर नम्बर भएका सवारी साधनले मात्र सडकमा गुड्न पाउनेछन् । बस सेवा र माइक्राे बस सञ्चालन भने गर्न पाइनेछैन् । ट्याक्सी चलाउन भने पाइने छ ।
जिल्ला प्रशासन कार्यलयमा शुक्रबार बसेकाे विपद व्यवस्थापन समितिकाे बैठककाे निर्णय अनुसार विद्यालय, पार्टी प्यालेस, रंगशाला, जिमखाना, ब्युटी पार्लर, स्विमिङ पुल, शैलुन, सिनेमा हल, फन पार्क लगायतका भिडभाड हुने गतिविधि भने गर्न पाइनेछैन ।
पसलहरु सञ्चालन हुनेछन् । तर त्यसमा सामाजिक दुरी कायम गर्न भनिएकाे छ । हाेटल र रेष्टुरेन्टमा बसेर खाने सुविधा नदिए पनि लैजाने सुविधा भने दिइएकाे छ । वित्तिय सस्था खुल्नेछन् ।
समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले ३ भदौदेखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो । ७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।









मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया