मानवीय सेवा र आजको समाज

समाधान संवाददाता २०७७ भदौ १९ गते ७:११

सन्दर्भ : ५८ औं नेपाल रेडक्रस स्थापना दिवस

सूर्यप्रसाद ढकाल

रेडक्रस मानवीय सेवामा समर्पित स्वयंसेवकहरूको विश्वव्यापी सञ्जाल भएको संस्था हो । आजभन्दा करीब १५८ वर्ष पहिला स्वीजरल्यान्डबाट सुरु भएको अभियानरूपी मानवीय कार्य हो । सल्फेरिनो युद्ध प्रभावितहरूको राहत उद्धारमा संलगन जाँ हेनरी ड्यूनाबाट युद्धका घाइतेहरूको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समितिको रूपमा सन् १८६३ बाट रेडक्रसकाेको थालनी भएको हो ।

Advertisement

रेडक्रसका कार्यहरू युद्ध र विपद् प्रभावितहरूको लागि ४ वटा जेनेभा महासन्धि र यसका समय–समयका अतिरिक्त प्रलेखहरूबाट निर्देशित छन् । अनि सन् १९६५ मा प्रतिपादित ७ (सात) सिद्धान्तहरू– मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवक, एकता र विश्वव्यापकता रेडक्रसकर्मीका लागि आदर्शको रूपमा प्रतिस्थापित र परिपालना गर्दै अगाडि बढेका हुन्छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय मानवीय कानुनका सिद्धान्तको अलावा रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको विधानका आधारमा नेपाल रेडक्रस विश्व रेडक्रस थालनीको एकसय वर्ष पछि सन् १९६३ मा स्थापना भएको हो ।

Advertisement


आफ्ना नियत र नियतिलाई टाढै राखौं तबमात्र विपद्को समयमा, द्वन्द्वको समयमा रेडक्रसका सिद्धान्तको आधारमा तपाई हाम्रा कार्य सर्वस्वीकार्य हुन्छन्

यसरी हेर्दा २०२० भाद्र १९ मा नेपाल रेडक्रसको २१ सदस्यीय तदर्थ समिति गठन भएपछि विधान मस्यौदा ०२० माघ २ मा स्वीकृत गरी अगाडि बढेको थियो । नेपाल सरकारले विसं २०२० माघ २४ (सन् १९६४ फेव्रुअरी ७) मा जेनेभा महासन्धिमा हस्ताक्षर गर्‍यो । विसं २०२१ असार २८ मा पहिलो साधारण सभा सम्पन्न गरेको नेपाल रेडक्रसले तत्कालीन व्यवस्था अनुसार विसं २०२१ श्रावण २५ मा संस्था दर्ता गरेको थियो ।

त्यसरी गठन भएको नेपाल रेडक्रसलाई २०२१ आश्विन १६ (सन् १ अक्टूवर १९६४) मा आइ.सि.आर.सी. र यस लगतै विसं २०२१ आश्विन १७ बाट आइ.एफ.आर.सी. बा मान्यता भए पश्चात अनवरत रूपमा आफ्नो वार्षिक सभा गर्ने, आवधिक निर्वाचन सम्पन्न गरेको थियो । नेपाल रेडक्रसका काम कार्यमा विगतमा कुनै पनि अवस्थामा आँच आउन सकेको थिएन ।

विगतमा नेपालमा भएका विभिन्न आन्दोलन, द्वन्द्वका समयमा पनि नेपाल रेडक्रसले सेवा प्रदान ग¥यो भने निष्पक्ष र तटस्थ रूपमा आफ्ना मानवीय सेवा कार्यलाई समुदायसम्म पुर्‍याउँदै आएको छ ।

पछिल्लो समय सन् २०२० को सुरुआती सँगै विश्व समुदाय नै कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आक्रान्त छ । यस्तो परिस्थितिमा रेडक्रसका मानवीय सेवाक कार्यको राज्य र साथसाथै जनसमुदायले अरु बढी अपेक्षा गर्नु स्वाभाविक नै हो । आफ्ना पछिल्ला छ÷आठ महिनाका कार्यहरू हेर्दा के हामीले समुदायको अपेक्षा अनुसार काम गर्न सक्यौँ त ? यो संस्थाप्रति रहेको विश्वास र भरोसाकै कारणले आम नागरिकले यसलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी रूपमा कार्य गरेको हेर्न चाहनु अस्वभाविक होइन ।

अनि यसरी काम गर्दा सरकारले पनि जेनेभा महासन्धिलाई परिपालना गर्दै निर्वाद रुममा काम गर्न दिनु आवश्यक र अनिवार्य हुन्छ । तर यसका लागि सोसाइटीमा आवद्ध सबै स्वयंसेवक तथा कर्मचारीको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

अझै पछिल्लो समयमा नेपाल रेडक्रसका स्वयंसेवक र सबै तह तथा इकाईहरूलाई थप जिम्मेवारी बन्नु पर्ने आवश्यकता खड्कन पुगेको छ । बाहिरबाट रेडक्रस र यसका कार्यलाई स्वतन्त्र सिंहावलोकन गर्नका लागि ध्यान दिई आफ्ना कार्यलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी रूपमा ल्याउनु आवश्यकता भएको छ । रेडक्रस संलग्न स्वयंसेवक तथा कर्मचारीहरूबाटै सुधारको खाँचो देख्न खोजेको अवस्थामा बाहिरबाट प्रश्न उठ्नुलाई अस्वाभाविक नमानी हामी हाम्रा कार्यहरूलाई खुला बनाई सबैको अध्ययन र बुझाइसम्म पु¥याउन सकेमा फेरी पनि रेडक्रसका काम कार्यको निष्पक्ष र तटस्थ भूमिका महसुस हुन पाउँछ ।

अरुका लागि काम गर्न खोज्ने, अनि आपत् विपद्मा पर्नेको लागि काम गर्ने मानवीय संस्थामा रहने हामी स्वयंसेवीहरूले यसको भूमिका र मर्मलाई कम हुन नदिन ‘मेरो गोरुका बाह्रै टक्का’ नभनी, त्यस्तै आफ्नो शक्ति प्रदर्शन नगरी काम गर्न एक कदम पछाडि हट्नु परेमा पनि सहयोग गर्नुपर्ने हुन्छ । नेपाल रेडक्रस सोसाइटीलाई एउटा गैह्रसरकारी संस्थाको रूपमा राखी दर्ता गर्दा केही नीतिगत र केही वैज्ञानिक कमी–कमजोरी देखिएका छन् ।

राज्यले साथै रेडक्रसकर्मीले समयमै रेडक्रस कानुनका लागि प्रयास नगरिँदा अहिलेका केही वैधानिक समस्याहरूमा अरु समस्या देखिन आएका हुन् । लाखौंको संख्यामा रहेका स्वयंसेवक, सदस्यहरू र शुभचिन्तकहरू रहेको अवस्थामा पनि समस्यामा रुमल्लिनुपर्ने विडम्वना हो । नेपाल रेडक्रसले आफ्नो स्थापना कालदेखि नै विपद्को समयमा राहत उद्वारको पहिलो–अग्रणी र नेतृत्वदायी संस्थाको रूपमा सरकारको सहयोगी भूमिका प्रदर्शन गर्न सफल भएको हो । नेपाल रेडक्रसको ५८ औं वर्षे इतिहासमा पहिलोपटक तदर्थ समिति गठन गर्न बाध्यात्मक अवस्था आयो, पत्रपत्रिकामा विभिन्न समाचारहरू आएका छन् ।

आज यी सबै पक्षको यथार्थ अवस्था आम जनमानसले चासोका साथ बुझ्न पाउनु स्वभाविक हो । नेपाल रेडक्रसलाई यसको कामले चिन्न खोज्ने मानिस, अनि आपत् विपद्मा परेका मानिसले आफ्नो दुःखको साथीको रूपमा स्वीकार्दै आएको अवस्थामा आज यसरी–उसरी रेडक्रसलाई आएका समस्याबारे यथार्थ थाहा पाउनुपर्छ ।

त्यस्तै नेपालको हिसाबबाट रगत संकलन र वितरणको कार्यसमेत रेडक्रसलाई जिम्मा लगाइएको अवस्थामा यसलाई अहिलेको आधुनिक प्रविधिलाई अलवम्वन गरी सेवा ७७ वटै जिल्ला तह र आवश्यक सबै स्वास्थ्य केन्द्रसम्म पु¥याउनु तथा सेवाग्राहीले सहज, सुलभ सुविधा प्राप्त गर्न पाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नेपाल रेडक्रस वैधानिक समस्याको साथ अन्य समस्यालाई माया मान्ने सबैको मन दुख्नु स्वभाविक हो । त्यसैले नेपाल रेडक्रसको ५८ ओँ स्थापना दिवसले हामी सबैमा यसका समस्या समाधान गरी वाधा व्यवधान हटाउने शक्ति एवं क्षमता प्रदानको आवश्यकता छ ।

विश्वकै नमुना स्वयंसेवी निकायको रूपमा रहेको नेपाल रेडक्रसलाई अरु व्यवस्थित साथमा अगाडि बढाउनु आवश्यक छ । नेपाल रेडक्रसको यो सुन्दर पक्षलाई सही बाटोमा हिँडाएर बचाउनु आवश्यक भएको छ । अहिले तपाईं हाम्रै दाजुभाइ जगन चौलागाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंभको महासचिव जस्तो महŒवपूर्ण एवं गरिमामय पदमा पुगेको बेला नेपाल रेडक्रसमा समस्या आउन नदिन सबैले यसका कमी–कमजोरी पन्छाएर अनि अटाएर सुधारको बाटोमा लागौँ ।

संस्था नवीकरणमा सरकारले माग गरेका आवश्यक कागजातहरू पूरा गरी संस्थालाई कानुनी रूपमा वैधानिक बनाउन सबैले सघाउनु पर्नेछ । विगतमा राज्यको कानुनलाई हेरी काम गर्न नसक्नु वा नगरिनु हाम्रो कमजोरी हो । त्यसैले अहिलेको अवस्था आएको हो । अब तिनै कुरा मात्र उठाएर नबसी आगामी दिनमा सुधार गर्ने गरी काम गर्नु महत्वपूर्ण हुन्छ । भोलिका दिनमा रेडक्रसलाई एउटा गैह्र सरकारी संस्था भन्दा फरक राख्न छुट्टै रेडक्रस कानुनको पनि आवश्कता छ ।

अर्कोतर्फ रगत संकलन र वितरणको पनि एउटा निश्चित मापदण्ड बनाएर सरकारले रेडक्रसलाई नै पूरा जिम्मेवारी दिई आवश्यक नियमनको कार्य सरकारले गर्दा राम्रो हुनेछ । रेडक्रसका स्वयंसेवक, कर्मचारी सबैले कम्तीमा पनि रेडक्रसका ७ (सात) सिद्धान्त मध्ये पहिलो तीन सिद्धान्त मानवता, निष्पक्षता र तटस्थतालाई ख्याल गरी काम गर्नु पर्दछ । यसका लागि निश्चित नीति–नियम, आदर्श, मूल्य र मान्यतामा रही काम गर्न सक्नु पर्दछ ।

आज रेडक्रसले राजनीति, धर्म, जात–जाति र लिंगभन्दा माथि उठेर काम गरिरहने अवस्थामा पूर्ण रूपमा विश्वासको वातावरण तयार नभएमा द्वन्द्वको समय मात्र नभई अन्य अवस्थामा पनि रेडक्रसका कार्य सर्व स्वीकार्य हुन सक्दैनन् । स्वार्थहरूका बिच रेडक्रस कार्यलाई अगाडि बढाउन कठिन हुने छन् । आज सबै स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू अनि सामाजिक र व्यावसायिक व्यक्तिहरू, त्यस्तै सबै पेसामा संलग्नहरूको सहयोगमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूका लागि ५८ औँ नेपाल रेडक्रस दिवसको ‘सबै रेडक्रसमा सिद्धान्तनिष्ठ सञ्जाल’ नाराका साथ ताली बजाउनुहोस् ९३ पभभउ अबिउउष्लन० भन्ने भनाइलाई मध्य नजर गरी आफ्ना कदम अगाडि बढऔँ ।

हामी रेडक्रसमा संलग्न भएर काम गर्न इच्छुक छौँ भने निजी र व्यक्तिगत अनि समूहगत स्वार्थलाई त्यागौँ । त्यो समूह र यो समूह नभनौँ, आफ्ना नियत र नियतिलाई टाढै राखौं तबमात्र विपद्को समयमा, द्वन्द्वको समयमा रेडक्रसका सिद्धान्तको आधारमा तपाई हाम्रा कार्य सर्वस्वीकार्य हुन्छन् । त्यस्तै द्वन्द्वको समयको लागि रेडक्रस चिन्हको प्रयोग सम्बन्धी कानुमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यसैले सरकारसँग रेडक्रस कानुनको साथै रेडक्रस चिन्ह प्रयोगको कानुनको लागि पनि समन्वय गरौँ । कानुन अनुसार रेडक्रस चल्ने वातावरण बनाउन सकेमा भोलिका दिनमा आजको समस्या दोहोरिँदैन । यही सन्देशको लागि साथै आज विश्व समुदाय नै कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएका र उनीहरूको सेवामा खटेका सबे स्वयंसेवक, राष्ट्रसेवक, स्वास्थ्यकर्मी सबैको सम्मानको लागि नेपाल रेडक्रसले एक पटक फेरि ताली बजाऊ ।

(ढकाल नेपाल रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया