७ स्थानीय तहले बनाए बजार व्यवस्थापन ऐन

काठमाडौं
स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा भइसक्दा पनि जनप्रतिनिधि उपभोक्ता अधिकारप्रति जिम्मेवार हुन सकेका छैनन् । जनताको घरआँगनमा पुगेको भनिएका ७ सय ५३ सरकारमध्ये हालसम्म सात वटाले मात्र स्थानीय बजार व्यवस्थापन ऐन बनाएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले शुक्रबार आयोजना गरेको वेबिनार कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले दमक, कलैया, भीमेश्वर, टीकापुर, वीरेन्द्रनगर, तानसेनलगायतले मात्र कानुन बनाएको जानकारी दिए ।
स्थानीय तहले उपभोक्ता अधिकारका लागि ११ विषयमा काम गर्न सक्ने व्यवस्था संविधानमा भए पनि हालसम्म कानुनसमेत बनाएका छैनन् ।
कानुन बनाएका स्थानीय तहले भने रु ६० लाखसम्म वार्षिक बजेट उपभोक्ता अधिकारका लागि राखेको पनि उनले सुनाए । “ऐन जारी नगर्दा स्थानीय तहका उपप्रमुखले अुगमनको नाममा बजार डुल्ने मात्र काम गर्नुभएको छ, वाणिज्य विभागले यहाँ बसेर ताप्लेजुङ र मुगुका बजार व्यवस्थापन गर्न सक्दैन, त्यहीँका सरकारले कानून बनाएर काम गर्नुपर्छ”, उपभोक्ता अधिकारवादी बानियाँले भने ।
उपभोक्ता संरक्षण ऐनको धारा ५४ बिक्री भएको विषय संसदीय समितिमा आफूले बोलेको उनले बताए । अन्य देशमा बजार अनुसन्धानका लागि ठूलो राशि खर्च हुन्छ । नेपालमा ७६१ सरकारले बजार अनुसन्धानका लागि खर्च नगरेको उनकाे भनाइ छ । यसैका कारण तरकारी व्यापारमा सात तहमा बिचौलिया हुँदा पनि केही हुन सकेको छैन ।
सिद्धान्त बुझेका उपभोक्ता अधिकारकर्मी बनाउन प्रशिक्षित गर्न नसक्नु उपभोक्ता अधिकारकर्मीको पनि कमजोरी भएको उनले स्वीकार गरे ।
उपभोक्ता ठग्न भ्रमपूर्ण विज्ञापन समेत हुने गरेको छ । १५ हजारको तालिमले रोजगार ग्यारेन्टी भनी विज्ञापन हुने गरेका उजूरी मञ्चमै आएका छन् । केन्द्रीय उपभोक्ता संरक्षण परिषदमा विचौलियालाई राखिएको उल्लेख गर्दै सरकारको नीतिगत कमजोरीका कारण चिनीमा रु १५ देखि २१ सम्म मूल्यवृद्धि भएको उनले बताए । रासस








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया