गुहेश्वरी मर्चेन्टको शाखा पोखरामा

समाधान संवाददाता २०७७ भदौ २० गते १९:३७

समाधान संवाददाता
पोखरा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आफ्नो २० औं शाखा पोखरा न्युरोडमा विस्तार गरेको छ । फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमका अनुसार न्युरोड पोखरामा सुरु भएको यो २० औं शाखाको सुरुवात पछि संस्थाको देशभर २० वटा शाखा र २ वटा एक्सटेनसन काउन्टर सञ्चालनमा आएका छन् ।

यस वित्तीय संस्थाको चुक्तापुँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन ५ अर्ब १३ करोड तथा कर्जा लगानी ३ अर्ब ७९ करोड प्रवाह भएको छ भने नाफा ९ करोड ६६ लाख छ ।

Advertisement

हरिहरभवन, ललितपुरमा प्रधान कार्यालय रहेको संस्थाको प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर २ मा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर छन । बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर, ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालय रहेको बताइएको छ ।

संस्थाले सम्पूर्ण बंैकिङसँगै एटिएम, एसएमएस, इ बंैकिङ, इसिसि, आइपिएस, मोबाइल बंैकिङ, लकर सुविधा, टपअप सुविधा, विभिन्न विप्रेषण सेवा प्रदान गरिरहेको छ । साथै व्यक्तिगत खाताका लागि ३ लाखसम्मको निक्षेप बिमा समेत गरिएको क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया