तालचोकमा आयोजित रक्तदानमा ७२ युनिट रक्त संकलन

समाधान संवाददाता २०७७ भदौ २२ गते १९:०७

समाधान संवाददाता, पोखरा

कोरोना महामारीसँगै भएको रक्त अभावलाई पूर्ति गर्न तालचोकमा आयोजित रक्तदानमा ७२ युनिट रक्त संकलन भएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले सुरेश वाग्ले वासु र भीमसेन पोखरेल वैरागीको २१ औं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका हुन् ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति तथा सांसद दीपक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा २७ का अध्यक्ष सूर्यमणी लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Advertisement

कोरोना महामारीमा भइरहेको रक्त अभावको पूर्ति गर्न युवाहरुले आयोजना गरेको रक्तदान कार्यक्रमबाट महत्वपूर्ण सहयोग पुग्ने सभापति कोइरालाले बताए । कास्कीमा रक्त अभाव भएपछि क्षेत्रीय रक्तसञ्चार पोखराको प्राविधिक सहयोग र रेडक्रस सोसाइटीको समन्वयमा विभिन्न ठाउँमा घुम्ती रक्तदान कार्यक्रम सञ्चालन भइरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया