नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
समाधान संवाददाता
२०७७ भदौ २४ गते १५:२६

भरतपुर ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो ।
आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । रासस
सम्बन्धित







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया