हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने

समाधान संवाददाता २०७७ असोज ८ गते १६:२५

समाधान संवाददाता, पोखरा

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश हुने भएको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो ।

Advertisement

बिहिबार पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ ।

Advertisement

बैठकले हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न पहल थालेको छ ।

तपाईको प्रतिक्रिया